बिराटनगर,जेठ ९ गते । रातो तारा डट कम,बिराटनगर उपमहानगर पालिकालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अगुवाईमा वहाकै नेत्रित्वको सरकारले हिजो बसेको मन्त्री परिषदको बैठकले बिराटनगर र बिरगन्जलाई महानगरपालिका घाषणा गरेको थियो।
आज बिराटनगर हिजोबाट महानगर भएकोमा खुसिव्यक्त गर्न नेकपा माओवादी केन्द्र बिराटनगरले स्वागत कार्याक्रमको आयोजना नै गरेको थियो ।
कार्याक्रममा बोल्दै १ नं प्रदेश ईन्चार्ज तथा महानगर घोषणा सभाका प्रमुख अतिथि क गोपाल किराँतीले बिराटनगर महानगर भएकोमा पाटीको तर्फबाट र मेरो तर्फबाट पनि स्वागत गर्दछु भन्दै,भुकम्प गएको बेलामा नेकपा एमालेका नेता बामदेव गौतम गृहमन्त्री थिए त्यस बेला भारतिय सेना बिमानस्थलमा खचा खच प्रबेश देखि चर्को राष्टवादको कुरा सम्मको बिस्तार लगाउनु भएको थियो ।
बिराटनगर महानगर भए पछि सन्जालमा टिका टिपणी भए पनि नेकपा माओवादी केन्द्रले कसै संग ताल मेल गर्ने कुरा उठाएको छैन र भ्रममा नपर्न सबैलाई आग्रह गर्र्दै महानगरका उम्मेदवार क भोगेन्द्र यादव र उप मेयरकी उम्मेदवार क नमिता न्यौपाने लगाएत पहिला घोषणा भएका सबै उम्मेदवारहरुनै यथावत भएकाले सबैले जेठ ३१ गतेको निर्वाचनमा सहयो गर्न आग्रह गर्नु भयो ।
त्यसैगरी महानगर भएकोमा मेयरका उम्मेदवार भोगेन्द्र यादवले बिराटनगर महानगर भएकोमा खुसि व्याक्त गर्नु भएको थियो । कार्याक्रमको सभापतित्व क हेम कार्कीले गर्नुभएको थियो भने सन्चालन नमिता न्यौपानेले गर्नु भएको थियो ।
Post a Comment