Websoft University

रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन


विराटनगर, वैशाख २७ गते। रातो तारा डट कम-विराटनगरमा रगतको अभाव भइरहेका बेला जुनियर जेसिजविराटनगरले बुधबार खुल्ला रक्तदान कार्यक्रम गरेको छ । स्थानीय ट्राफिक चोकमा आयोजना गरेको रक्तदानमा ३५ पिन्ट रगत संकलन भएको छ ।



 विभिन्न संघ संस्थाको सहकार्यमा आयोजना गरिएको रक्तदानमा जेसिजका सदस्यहरु, युवा, विद्यार्थी लगायततले रक्तदान गरेका थिए । विराटनगरमा केहि दिन अघि रगतको अभाव भएपछि रगत अभा पुर्ती गर्न रक्तदान आयोजना गरिएको जुनियर जेसिज विराटनगरका निवर्तमान अध्यक्ष अविनास थापाले बताउनु भयो ।

जुनियर जेसिज विराटनगरका अध्यक्ष सनराइज चौधरीले विभिन्न सञ्चारमाध्यमबाट विराटनगरमा मात्र नभएर पुर्व क्षेत्रमै रगतको अभाव हुन थालेपछि रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले रगतको अभाव पुर्ती गर्न विभिन्न संघ सस्था सँग सहकार्य गरेर कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

व्लड वैंक विराटनगरका प्राविधिक सुमन सिंहले अहिले पुर्वक्षेत्रमै रगतको अभाव रहेको जानकारी दिनुभयो । उहाँले केहिदिन अघि विराटनगरमा रगतको अभाव भएकाले विभिन्न सञ्चारमाध्यहरुले प्रचारप्रसार गरेपछि अहिले रक्तदान कार्यक्रमहरु धेरै हुनथालेको जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.