Websoft University

संबिधान संसोधन र निर्वाचन अलग बिषय भएकाले पहिला निर्वाचनमा सबै लाग्नु पर्छ : पुर्व प्रधानमन्त्री



बिराटनगर,जेठ ६ गते । रातो तारा डट कम,नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री इालनाथ खनालले,सबिधानले दिएको अधिकार भित्रबाटै सबै राजनीतिक पाटीलाई मिलाए अगि बढने नेकपा एमालेको नितिरहेको प्रष्ट पार्नु भयो ।

नेकपा एमालेको पाटी कार्यालय बिराटनगर पाँचआलिमा आज पत्रकार सम्मेलन गरेर पुर्व प्रधानमन्त्रीले सो कुरा बताउनु भएको हो । सबै मिलेर बहुमतमा ल्याएको यो सबिधान कार्यान्वयनमा पनि सबैमिले जान आग्रह गरिएको हो तर दुई पाटीले असमति जनाएकाले समस्य देखिएको बताउनु भयो ।

पत्रकारहरुसंग कुरा गदै,छिमेकी देश भारतको संबिधानको उधारण दिएर खनाले भन्नु भयो-यो नेपालको संबिधान बहुमतबाट आएकाले संसोधन गर्न पनि बहुमतको संसद आबस्यक पर्ने र यो त्यस प्रकारको संसद भएकाले संबिधान कसैले चाहेर पनि संसोधन गर्न नसक्ने दाबी गर्दै संबिधान र कानुनको खिलाफमा नेकपा एमाले नलाग्ने कुरा प्रष्ट पार्नु
भयो ।

संबिधान संसोधन र निर्वाचन कुनै तालमेल नभएको बिषय भएकाले पहिला निर्वाचन तिर सरकार, सबै दलहरू लाग्दा राम्रो हुनेछ भन्दै,पहिलो निर्वाचन सकिएकोछ अव दोस्रो निर्वाचन तिर एमाले लागिसकेकोले तोकिएको समय नघटाई सोही समयमा निर्वाच हुनु पर्छ भन्नु भयो ।

अहिले मत गणनामा देखिएको गलत नियत अनि धाधलि गर्न खोज्नु जस्ता असोभाबिक कुराहरु तिर एमाले पाटी नलाग्ने र कसैले चाहेर पनि एमाले पाटी दवाउन वा पछि पार्न नसम्ने दाबी समेत पत्रकार सम्मेलनमा खनालले

गर्नु भयो ।

पत्रकार सम्मेलनमा केन्द्रिय क्षेत्रिय जिल्ला स्थरिय कार्याकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्याक्रमको अध्यक्षता नेकपा एमाले प्रचार बिभाग प्रमुख सत्यनारायण चौधरीले गर्नु भएको थियो भने सुदिप कोईरालाले सन्चालन गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.