Websoft University

आयोगलाई ओलीको चेतावनी


काठमाडौं, बैशाख २७ गते । रातो तारा डट कम,प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि चुनावमा धाँदली गर्न खोजेको आरोप लगाएका छन् ।

चुनावलाई प्रभावित पार्न कांग्रेस–माओवादी सरकारले एकपछि अर्को निर्णय गरिरहेको भन्दै उनले निर्वाचन आयोगले त्यसलाई बदर गर्न सक्नु पर्ने बताए ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले चुनाव दुई चरणमा गर्ने निर्णयसँगै सरकारले धाँदलीको श्रृखला सुरु गरेको आरोप लगाए । ‘यतिबेला सरकार निर्णय गरेको गर्यै छ,’ उनले अघि भने, ‘निर्वाचन आयोगले यस्ता निर्णयहरु आचार संहिता विपरित भएकाले बदर गरिएको छ भन्न सक्नुपर्छ । 
आयोगले निरिहता देखाउने होइन ।’

सत्तारुढ दलबाटै एमालेमाथि हमला भएको र, प्रहरीले निश्पक्ष भूमिका खेल्न नसकेको बताए । दोलखामा माओवादीको ‘आपराधिक गिरोह’ले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाउँदै उनले यो योजनाबद्ध भएको बताए ।

आफूहरु देशमा तनाव नबढाउँ र सहमतिबाट अघि बढौं भन्ने पक्षमा रहेको ओलीले बताए । ‘एमाले समझदारीको पक्षमा 
छौं । राष्ट्रिय एकताको पक्षमा छौं,’ उनले भने ।
ओलीले सम्बोधनको अधिकांश समय कांग्रेस र माओवादीको आलोचनामा खर्चिएका थिए । अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.