Websoft University

आज ठूला तीन दलको बैठक बस्दै, सरकार गठन र विपक्षीको अवरोधबारे छलफल हुने



काठमाडौं, जेठ १३ गते । रातो तारा डट कम-नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७ दिनको समय सकिनै लाग्दा दलहरुले छलफल पनि बढाउँदै लगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा शनिबार ठूला तीन दलका शिर्ष नेताको बैठक सिंहदरबारमा बस्दैछ । सभामुख ओनसरी घर्तीको कार्यकक्ष सिंहदरबारमा अहिले केहीबेरमा बस्ने बैठकमा प्रधानमन्त्री दाहाल, का.ग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागि हुनुहुनेछ ।

एमालेले राष्ट्रिय सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेको भोलीपल्ट आज तीन दलका शिर्ष नेताको बैठक बस्न लागेको हो । बैठकमा संसदमा विपक्षी दलले गरिरहेको अवरोध खोल्ने विषयमा पनि छलफल हुनेछ ।

यसैबिच कांग्रेसले राष्ट्रिय जनता पार्टीका नेताहरुसँग छलफल गर्दैछ । राजपाले दोश्रो चरणको चुनाव हुन नदिने गरि आन्दोलन घोषणा गरेपछि कांगेसले शनिबार राजपाका नेतासँग छलफल गर्न लागेको हो ।

बैठक विहान ११ बजे ललितपुरको सानेपामा रहेको कांग्रेसको केन्द्रिय कार्यालयमा बस्ने तयारी छ । यस्तै कांग्रेसका शिर्ष नेताको बैठक शनिबार पनि बस्दैछ । कांग्रेसले उम्मेद्वार छनोट तथा सरकार गठन लगायतका विषयमा तीनदिनदेखि शिर्ष नेताको बैठक बसिरहेको छ ।

बिहीबार र शुक्रबारको बैठकले प्रदेश नम्बर १ र ७ का धेरैजसो ठाउँमा उम्मेद्वार छनोट गरिसकेको छ भने बाँकी ठाउमा शनिबार उम्मेद्वार टुंगो लगाउने सम्भावना छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.