बिराटनगर,जेठ २ गते । रातो तारा डट कम,बिराटनगर उपमहानगरपालिकाले समसामयिक बिषयमा र नगर बिकासको बारेमा छलफल गर्न राजनीतिक पाटी प्रतिनिधि सरोकारवाला नगरवासीहरु पत्रकार टोल प्रतिनिधि समेतलाई गत बैशाख ३० गते बिराटनगर उपमहानगरपालिकाले एक कार्याक्रमको आयोजना गरेको थियो ।
उक्त कार्याक्रममा केहि सहभागि नगरवाहिहरुले हाल बिराटनगर उपमहानगरपालिकामा आबद्घ साबिक गाबिसहरुलाई उपमहानगरपालिकामा समाबेश गरेको अनुभुनि हुनेखालको कामहरु नगरेको भन्दै बिरोध गरेका
थिए ।
सोहि कुरालाई लक्षित गरी आज साबिक बैजनाथपुर हाल बिराटनगर वडा नं १९ लगाएतका क्षेत्रहरुलाई समेटेर सोहि ठाउँमा राजनीतिक दल प्रतिनिधि सरोकारवाल जनसमुदाय समेतलाई भेला गराई एक दिने अन्तरकृया कार्याक्रमको आयोजा गरेकोछ ।
उक्त कार्यक्रममा खुसिसाथ जनसभागिता भएकोले अब उनिहनिरूले आफू नगरवासी भएको अनुभुती गर्न थालेको कुरा बिराटनगर उपमहानगरपालिकाका कार्याकारी अधिकृत तथा नगर प्रमुख दिपक कोईरालाले रातो तारा डट कम लाई जानकारी गराउनु भएकोछ ।
कार्याकारी अधिकृत तथा नगर प्रमुख दिपक कोईरालाले दिएको जानकारी अनुसार राजनीतिक दलहरुका प्रतिनिधि र सरोकारवाल नगरवासिहरुले आफुहरु बिराटनगर उपमहानगरपालिका भित्र रहेको महसुस हुनेगरी कार्याक्रममा पूर्वाधार बिकास छनौट भाबि बिकासका रणनिति नगरको योजनाहरुका बारेमा उनिहरूलाइ जानकारी जानकारी आदानप्रदान गराईएको थियो ।
त्यसैगरी बिराटनगर उपमहानगरपालिकामा समेटिएर आएका सबै साबिक गाबिस वा त्यस्ता क्षेत्रहरुलाई पनि समेटेरनै योजनाहरु बनाउनेछ भन्नु भयो । पुर्वाधार बिकाश नपुगेका क्षेत्र ठाउँहरुलाई पनि समेटेर खानेपानी सरसफाई बती बाटो शिक्षा जस्ता कुराहरुमा समेत अवकादिनमा बिराटनगर उपमहानगर पालिकाले ध्यान केन्द्रित गरेको दिपक कोईरालाले जानकारी गराउनु भएको थियो ।
Post a Comment