विराटनगर, बैशाख, १८ गते । रातो तारा डट कम-१२८ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा विभिन्न राजनैतिक
दल निकट मजदुर संघ संगठनले विराटनगरमा आज विहान ¥याली निकालेका छन् ।
एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र पेशागत महासंघले ¥याली निकालेको छ । माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघले पनि ¥यालीको आयोजना गरेको छ ।
सहभागीहरुले मजदुर हकहितका पक्षमा आवाज उठाएका छन् । विराटनगरका विभिन्न स्थानको परिक्रमा गरेर ¥याली कोण सभामा परिणत भए । जिफन्टले आयोजना गरेको ¥याली पछिको कोणसभालाई एमाले नेता जीवन घिमिरे लगायतले सम्बोधन गर्नु भएको जिफन्ट प्रदेश नम्बर १ का सचिव किशोर धमलाले बताउनु भयो ।
उहाँका अनुसार दिवसका अवसरमा प्रदेश नम्बर १ का विभिन्न स्थानमा मजदुरहरुको सक्रियतामा ¥याली, कोण सभा लगायतका कार्यक्रमहरु गरिएका छन् ।
Post a Comment