Websoft University

२ सय ८३ स्थानीय तहको निर्वाचनमा भाग लिन करिब ४४ हजार ५१ ले उम्मेदवारी दर्ता गरे


काठमाडौं, बैशाख २१ गते । रातो तारा डट कम-पहिलो चरणमा हुने २ सय ८३ स्थानीय तहको निर्वाचनमा करिब ४४ हजार ५१ ले उम्मेदवारी दर्ता गरेको प्रारम्भिक तथ्यांक निर्वाचन आयोगमा पुगेको छ ।

हिजो बुधबार साँझसम्मको तथ्यांक अनुसार, महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको प्रमुखमा एक हजार आठ सय ५६ ले उम्मेदवारी दिएका छन् । त्यस्तै, उपप्रमुखमा करिब एक हजार तीन सय ७५ उम्मेदवार बनेका छन् ।

नगरपालिका र गाउँपालिकाका वडाध्यक्षमा भने १० हजार ९८ ले उम्मेदवारी दिएको प्रारम्भिक तथ्यांक छ ।
दुई खुला सदस्यका लागि १६ हजार ८३ ले उम्मेदवारी दर्ता गराएका छन् । महिला सदस्यका लागि सात हजार नौ सय ९४ ले र दलित महिला कोटामा ६ हजार ६ सय ५४ ले उम्मेदवारी दिएका छन् ।

स्थानीय तहबाट आएको यो तथ्यांकमा केही संख्या थप हुन सक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।
 नयाँ पत्रिका दैनिक बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.