प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशले नेपालमा न्याय मरेकाे छैन भन्ने पुष्टी भएको टिप्पणी गरेका छन् ।
सर्वोच्च अदालतले महाअभियोग यथास्थितिमा राख्न आन्तरिम आदेश दिँदै गर्दै एमाले अध्यक्ष ओली एक होटलमा पत्रकारमाझ थिए । उनले सुखीको खबर सुनाउँदै भन्दै सर्वोच्चले प्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै काममा र्फकन आदेश दिएको सुनाए ।
ओलीले सर्वोच्चको फैसलाले नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भएको भन्दै कार्कीलाई बधाई दिए । सर्वोच्चको आदेशले प्रधानन्यायाधीश कार्कीले आंशिक न्याय पाएको उनले बताए । उनले भने, ‘न्याय जिउँदो रहेछ । यस आदेशलाई हामी समर्थन गर्छौ ।’
उनले अघि भने, प्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई भन्न चाहन्छु, उहाँको सुकिर्ती फैलियोस् । उहाँमाथि हमला गर्ने प्रवृत्ति अनुचित छ ।’
पूर्व प्रधानमन्त्री ओलीले होस् छ भने तत्काल महाअभियोग फिर्ता लिन सत्तारुढ कांग्रेस र माओवादीलाई आग्रह गरे । अन्यथा दुर्गती भोग्नु पर्ने ओलीको चेतावनी छ ।
Post a Comment