विराटनगर बैशाख २० गते । रातो तारा डट कम-विश्व प्रेस स्वतन्त्रता दिवशको अवसरमा आज नेपाल पत्रकार महासघ र विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा आज महांसघको शाखा कार्यालयमा निशुल्क आखाँ शिविर कार्यक्रमको आयोजना गरिएको छ ।
विराटनगरमा क्रियाशिल पत्रकारहरुमा आखाँ र कानको सो अवसरमा निशुल्क परिक्षण गरिएको थियो । जनताहरुलाई सुसुचित गर्ने सञ्चारकर्मिमा लाई आखाँ र कानको समस्या अधिक रहेको अवस्थामा सो परिक्षण गरिएको विराटनगर आँखा अस्पतालको नेत्र रोग विशेषज्ञ डा दिपेन्द्र चौधरीले, कान कम सुन्ने, टाढाको बस्तु कम देख्ने समस्य रहेकोे जानकारी दिनुभयो ।
विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको एक दिने शिविरमा विभिन्न सञ्चारमा आबद्ध कार्यरत ६० जना भन्दा वढि पत्रकारहरुले सेवा लिएका थिए ।
आम सञ्चारकर्मिहरुको सहजरुपले स्वास्थ्य सेवा पुगोस भन्ने उद्धेश्य महासघले शिविर आयोजना गरेको नेपाल पत्रकार महासघका अध्यक्ष बन्धु पोखरेलले जानकारी दिनुभयो ।
Post a Comment