विराटनगर बैशाख ३० गते । रातो तारा डट कम-रानि भन्सार कार्यालयका निमित प्रमुखका रुपमा रहेका सुशिल थापाले भन्सारकार्यालयबाट दिइने सेवा सुविधामा गरीने ब्यवहार बाट एजेन्ट तथा उद्योगीब्यवसायीहरु पिढीत भएको भन्दै एजेन्ट तथा ब्यापारीहरुले गुनासो ब्यक्त गरेकाछन् ।
लामो समय देखि नाकाबन्दी तथा बिभिन्न असहज परीस्थीतीमा बिराटनगर भन्सार सफलरुपमा संञ्चालन गरी रहेका भन्सार प्रमुख कृष्ण बस्नेत नभएको मौका छोपिनिमित प्रमुख सुशील थापा ले उद्योगी ब्यावसायीलाई त्रसित पारेका छन् ।
कहिले साफ्टा दस्तखत नमिलेको बहानमा , कहिले मुल्याँकन नपुगेको बाहना र कहिले एल सि लगायतका कागजात नमिलेको बहानामा ब्यावसायीलाई हत्तोत्साहित पार्ने गरेको खुलेको छ ।
यसैक्रममा शुक्रबार एजेन्ट संघको अगुवाईमा एउटाटोली डेलीकेसनका लागी पुगेको थियो । उक्त सम्बन्धमा छलफल हुँदा निमितप्रमुख थापा ले गरेका कर्तुतका बारेमा एजेन्ट हरुले खुलेरै आफ्ना कुराराखेका थिए ।
केहिले निमित प्रमुख थापा ब्यावसायी अनुसार एजेन्ट तोक्ने , ब्यावसायीले नमान्दा अनावश्यक झन्झट दिने ,कुनैपनी अवस्थामा ब्यापरीक सामानको मुल्यमा थप भारपर्ने गरी ब्यावसाय गर्ने नै समस्या हुने अवस्था सिर्जना गराउने , उद्योगीब्यापरी संग सिधै टेलिफोन मार्फत एजेन्ट परीर्वतन गर्ने दवाव दिने, गैर जिम्मेवार तवरबाट कर्मचारी, ब्यावसायी र एजेन्ट संग प्रस्तुत हुने गरेकाछन ।
औद्योगीककच्चा पदार्थ आउँदा समेत समयको पावन्दी लगाउँदै अडको निति भन्दाआफ्नो निति लाद्न खोज्ने, कुरा मिलेमा क्वाटरमा बसेर पनी भन्सारकार्यालयका काम गर्ने , साथै भन्सार एजेन्ट हरुले बिराटनगर भन्सारको कामकाजको क्रममा कोहि कुनै बिषयमा बिषेश दखल भएको एजेन्ट छ भने सुचनाटाँस गरी अडले जानकारी गराएमासो बिषयमा आफुले हातपनी नहाल्ने भनी भन्सारलाई रुष्टता ब्यक्त गरेका थिए ।
एजेन्ट हरु संग आर्थीक कारोबार गर्न निमित थापाले आफ्नो क्वाटर प्रयोग गर्ने गरेको समेत खुल्न आएको छ । एजेन्ट र उद्योगी ब्यापारी हरु संग कुरा नमिल्दा तेस्रो दर्जाको नागरीक सरह ब्यवहार गर्ने रबैयाले एजेन्ट हरु आजित हुनु पर्ने अवस्था बिराटनगर भन्सार कार्यालयमा रहेको छ । एजेन्ट हरुको माग यस्ता प्रवृद्धिका कर्मचारीलाई सरोकारवालाले ध्यान दिन जरुरी भएका ले चरणवद्ध सुधार नआए बिभिन्न प्रकृतिका बिरोध कार्यक्रम हरु समेत ल्याउने भन्ने आपसी छलफल समेत गरेका छन् ।
यता केहि उद्योगी ब्यावसायीहरुले हामी संग एजेन्ट कस्लाई राख्ने भन्ने बिषयमानिमित प्रमुख रहेका थापाले जर्वजस्ती गर्ने गरेको गुनासो गरेका छन् ।तर उद्योगीहरुले भने २० औ बर्ष देखि काम गर्दै आएको एजेन्ट हरुलाई परीवर्तन गर्न त्यती सहज नहुने समते भन्सार अधिकृत थापालाई बताइसकेका छन् ।
यता पटक पटक निमित प्रमुख सुशिल थापाको बिषमा जन गुनासो आएपछि हामिले उनको धारण लिन पटक पटक फोन गर्दा समेत फोन रिसिभ नभई अवस्थामा आफ्नो परीचय खुलाएर म्यासेज गरेपछि उनि संग कुरा भएको थियो । तर उनी संग फोनमा कुरा गर्न खोज्दा आफु अहिले गोप्य बैठक र अली अफ्टेरो ठाउँमा भएको बताउँदै उनले बोल्न नमिल्ने बताए ।
Post a Comment