अर्जुन जम्नेली राई- मोरङ,पथरी, जेठ १२ गते । रातो तारा डट कन-उद्योग वाणिज्य संघ पथरीको अध्यक्ष धनकुमार तामाङ(कुमार)ले पनि स्वतन्त्र उमेदवारको रुपमा घरदैलो कार्यक्रम सुरु गरेका छन् ।
सुक्रबार विहानै देखि युवासमुह लिएर घरदैलो तथा नारा जुलुस सुरु गरेका छन् । लामो समयदेखि नेकपा (एमाले)मा काम गरेर पार्टीको मोरङ जिल्ला समिति सदस्य समेत रहेका तामाङलाई पथरीशनिश्चरे नगरपालिकाको १ नम्बर वडा अध्यक्षको समेत उमेद्वारी नदिएपछि स्वतन्त्र उमेद्वार बनेका हुन् ।
तामाङले सुरुमा पार्टीकै तर्फबाट मेयरमा उठ्ने मनसाय गरेपछि पछिल्लो समयमा वडा अध्यक्षको लागि दावि गरेका थिए । पार्टीले बाबुराम सुब्बालाई उमेद्वारी बनाएपछि आफ्नो फेसबुक स्टाटस मार्फत जिल्ला सदस्यको पदबाट राजिनामा घोषणा गरेर वडा अध्यक्षको स्वतन्त्र उमेद्वारी घोषणा गरेका हुन् ।
नेपालको झण्डा बोकेका युवा समर्थकहरुले भोट कस्लाई—धनकुमार तामाङलाई, पार्टीलाई होइन—व्यक्तिलाई लगायतको नारा सहित १ नम्बर वडा परिक्रमा गरेका छन् ।
तामाङ पथरीमा लोकप्रिय व्यक्तिहरु मध्ये पर्छन ।
युवा लगायतका सबै उमेरका स्थानीयबासीहरुसँग नजिकको सम्बन्ध राख्दै आएका छन् । एमालेले पथरी उद्योगा वाणिज्य संघको निर्वाचनमा पनि यसैगरी धनकुमार तामाङलाई टिकट नदिएर तुलसी ढकाललाई दिएका थिए ।
त्यसबेला पनि धनकुमार तामाङ स्वतन्त्र उमेद्वारी दिएर वाणिज्य संघको अध्यक्ष जितेका थिए । उनी हाल पथरी उद्योग बाणिज्य संघको अध्यक्ष, पथरी स्र्पोटिङ क्लव र मोरङ बस व्यवसायी संघको समेत अध्यक्ष हुन् ।
नगरमा प्रभाव राख्ने १ नम्बर वडाको लागि स्वतन्त्र उमेद्वार धनकुमार तामाङको साथै नेकपा (माओवादी केन्द्र)बाट कमल हाङबाङ्ग लिम्बू, एमालेबाट बाबुराम सुब्बा, कांग्रेसबाट प्रतित सुब्बा र संघीय समाजवादी फोरमको तर्फबाट तारा दवाडी प्रतिष्पर्दामा छन् । नगरको १ नम्बर वडामा ५,८४१ मतदाता रहेका छन् ।
Post a Comment