अमृत बास्तोला- तेह्रथुम,बैशाख, १९ गते । रातो तारा डट कम,प्याकेटका आधुनिक तेलको बिक्री बढेसँगै तेह्रथुमका परम्परागत यान्त्र तोरी पोल्ने कोल लोप हुदै गएको छ । कोलमा पेलेको तेल शुद्ध र प्राकृतिक हुने भएपनि आधुनिक विद्युतीय तथा डिजेलबाट चल्ने मिल स्थापना भएपछि कोल संकटमा पर्दै गएका छन् ।
बजार देखि ग्रामिण भेग सम्म प्याकेटमा तयार पारिएका तेलहरु पाउन थाले पछि कोल विस्थापित नै भएको आठराई गाउँपालिका ७ की ९२ वर्षिय बृद्ध दमन्ता बुढाथोकीले बताउनु भयो । सुविधिाका पारखी मानिस, अल्छि बन्दै गएपछि झन्झटिलो माध्यमका काम गर्न छाडेकाले परम्परागत समामन हराउन थालेको बृद्ध बुढाथोकीका भनाइ रहेको छ ।
“पहिले टोलटोलमा कोल हुन्थ्यो तर अहिले मिल हालिएको छ” उहाँले भन्नु भयो, अधुनिक तेल जति नै प्रयोगमा आएपनि स्वास्थ्यका लागि शुद्ध मानिदैन् । पुर्खाहरुले निर्माण गरेको कोल विज्ञानमा आधारीत रहेको पनि पाइन्छ । बिचमा लोड (पेचामा तोरी), छेउमा फलक्रम (ढुङ्गाको चेप) र इफोर्ट (पल्याकको टुप्पो)मा बल लागाएपछि तोरीबाट तेल निस्कने गर्दछ । यो विज्ञानको उत्तोलक सम्बन्धिको दोस्रो श्रोणीको नियम हो ।
कोल संगै कुटनी, पिसानीका लागि आवश्यक ढिकी र जाँतो पनि दुर्लब हुर्दै गएका छन् । विद्युतिय तथा डिजेलबाट संचालन हुने आधुनिक मिलको आकर्षण बढ्दै गएकाले ढिकी र जाँतो पनि लोप हुन थालेका हुन ।
धेरै जसो स्थानियलाई ढिकीमा कुटेको चामल र जाँतोमा पिँधेको पीठो नै मिठो लाग्दछ । ढिकीको चमल र जाँतोको पीठोजस्तो तयार भएका खाद्यान्न स्वादिलो र स्वास्थ्यका लागि फाइदाजनक हुने बुढापाकाहरु बताउछन् ।
पवित्र कार्यका लागि देविदेउतालाई चढाउने सामग्री तयार पर्न मात्र अहिले ढिकी, जातो र कोलको आंशिक रुपमा प्रयोग गरिने पाइन्छ ।
Post a Comment