Websoft University

माओवादी केन्द्रको तर्फबाट कानेपोखरीमा सुर्य धिमालको उम्मेदवारी घोषणा


अर्जुन जम्नेली राई-मोरङ-पथरी, जेठ १० गते । रातो तारा डट कम-आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि मोरङ कानेपोखरी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को प्रमुखमा सुर्य धिमाललाई उठाउने निर्णय भएको छ।

पार्टीको पोलिटब्युरो सदस्य कुसल साम्बाको उपस्थितिमा भएको गाउँपालिका समितिको बैठकले उम्मेदवारी टुङ्गो लगाएको हो । उपप्रमुखमा तारा ओझा(राजवंशी)लाई उठाउने निर्णय भएको सो संगठनले जनाएको छ ।

माओवादी केन्द्रले बेलबारी नगरपालिकामा तिलकप्रसाद राई र उपमेयरमा शुसिला भट्टराईलाई उठाउने निर्णय गरेको छ ।

पथरीशनिश्चरे नगरमा जहरमान लिम्बू र राधिका गौतमले टिकट पाएको छ । त्यसैगरी उर्लाबारी नगरपालिकामा राजेन्द्र पौडेल पार्टीको तर्फबाट उम्मेवार बन्ने पक्का भएको छ ।

एमाले र कांग्रेसको भने आकांक्षीहरु बढी भएको हुदा अधिकांस नगर-गाउँको मुख्य पदको उम्मेदवार टुङ्गो लागिसकेको छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.