झापा- दमक, जेठ १ गते । रातो तारा डट कम-छ लाख ८० हजार रुपैयाँ घुससहित झापा दमक नापी कार्यालयका एक कर्मचारी सर्वेक्षक विनोदकुमार मण्डल सोमबार आज पक्राउ परेका छन्।
मण्डललाई आज दिउँदो अक्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले नापी कार्यालय परिसरमानै रंगेहात पक्राउ गरेको हो । मण्डलले कमल गाँउ पालिकाका एक सेवा ग्राहिबाट पल्टीग गरेको जग्गाको नक्शा एकिकृत गरिदिएवापत नगद ६ लाख ८० हाजार घुष लिएको आरोपमा पक्राउ गरिएको अक्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका डिएस्पि रमेश कुमार बस्नेतले जानकारी दिनुभयो ।
मंण्डललाई आज दिउँसो करिब २ बजे अक्तियारको टोलीले घुष लिएको रकम सहित पक्राउ गरेको हो र्। आवश्यक कारबाही पछि थप अनुसन्धान शुरुगरिएको डिस्पी बस्नेतले जानकारी दिनुभयो ।
Post a Comment