Websoft University

निःशुल्क स्वास्थ्य शिविर


मोहन कुमार राई- जेठ ४ गते । रातो तारा डट कम,
संखुवासभा, चैनपुर नगरपालिका स्थित पोखरीको शारदा माविमा योञ्जन वेलकेयर एसोसियसन  नेपाल र योन्जन वेलकेयर पोलिक्लिनिक प्रा.लि पोखरी संयुक्तआयोजनामा २५सय ६१औ बुद्धजयन्तीको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको  छ ।

बैशाख २८ गते सम्म चल्ने  २ दिने सो शिविरमा स्वास्थ्य जाचको लागि  कोशी अञ्चल अस्पतालका डा. असोक श्रेष्ठ, डा. हेमन्त श्रेष्ठ र हरीसिद्धि अस्पताल प्रा.लि.तुम्लिङ्गटाका डा. रवि गिरी रहनु भएको थियो । सो शिविरमा  १ सय बढी सेवाग्राहीहरु लाभावन्वित हुने पोलिक्लिनिक प्रा.लि पोखरीका व्यवस्थापक मनोज तामाङ योञ्जनले बताउनुभयो ।

औपचारीक कार्यक्रम गरी उद्घाटन गरिएको सो शिविरको सभापतित्व वेलकेयरका निर्देशक इन्दु नेपाल योञ्जनले गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.