Websoft University

तीन नरपालिकामा माओवादी विजयी



कालीकोट, जेठ ५ गते । रातो तारा डट कम-पछिल्लो मत गणनाअनुसार यहाँको तीन नगरपालिकासहित दुई गाउँपालिकामा नेकपा ९माओवादी केन्द्र० र एक नगरपालिकामा नेकपा एमालेले जितेको छ ।

रास्कोट नगरपालिकामा प्रमुखमा माओवादीका काशीचन्द्र बरालले दुई हजार एक सय १५ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनिराज बरालले एक हजार आठ सय २० मत ल्याउनु भएको छ ।

उपप्रमुखमा सोही दलका मीमसरा शाहीले दुई हजार २३५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका उमा शाहीले एक जार ८७२ मत ल्याउनु भएको थियो ।

खाँडाचक्र नगरपालिका प्रमुखमा एमालेका जसिप्रसाद पाण्डेले दुई हजार २०८ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटत प्रतिद्वन्द्वी माओवादीका लक्ष्मीप्रसाद चौलागार्इंले एक हजार ४६१ मत ल्याउनु भएको छ ।

 त्यसैगरी उपप्रमुखमा सोही दलका विजया विष्टले एक हजार ९८७ मत ल्याई विजयी हुनुभएको छ भने उहाँको प्रतिद्वन्द्वी माओवादीका गङ्गाकुमारी खड्काले एक हजार ४५६ मत ल्याउनुभएको छ ।

एघार वटा वडामध्ये सातवटा वडाको अध्यक्षमा एमाले, दुई÷दुई वटामा माओवादी र एउटामा नेपाली काँग्रेसले जित हात पारेका छन् ।

तिला गुफा नगरपालिकामा नेकपा माओवादीका रतनबहादुर शाहीले एक हजार ८५१ ल्याई विजयी हुनुभएको छ सो नगरपालिकाको उपप्रमुखमा दर्शना नेपालीले एक हजार ८४३ मत ल्याएर विजयी हुनुभएको छ ।

सान्नित्रिवेणी नगरपालिकामा माओवादीका डम्बरबहादुर शाहीले एक हजार ७७५ मत ल्याई विजयी हुनुभएको उपाध्यक्षमा पनि सोही दलकै होइजा बुढा ९गिरी०ले एक हजार ७६८ मत ल्याई विजयी हुनुभएको छ ।

त्यसैगरी पचालझरना गाउँपालिकामा माओवादीका खड्कराज सेजुवालले एक हजार ६२३ मत ल्याई विजयी हुनुभयो भने उपाध्यक्षमा पनि सोही दलका तारा न्यौपानेले एक हजार ५६८ मत ल्याई विजयी हुनु भएको छ ।
पताङ्ला गाउँपालिकामा नेकपा माओवादीका लक्ष्मण बमले एक हजार ४२० मत ल्याई विजयी हुनुभयो भने उपाध्यक्षमा पनि सोही दलका दाना न्यौपानेले एक हजार ३७१ मत ल्याई विजयी हुनुभएको छ ।

पछिल्लो मतगणनाअनुसार महावै गाउँपालिकामा काँग्रेस र एमालेकोबीचमा भएको चुनावी तालमेलअनुसार काँग्रेसका नन्दबहादुर सिंहले एकहजार ४०० मत ल्याई विजयी हुनुभएको छ, भने उपाध्यक्षमा एमालेका मनराज शाहीे विजयी हुनुभएको छ ।

प्रमुख निर्वाचन अधिकृत केशवराज पाण्डेका अनुसार कालीका गाउँपालिकामा हिजो भएको पुनः मतदानपछि आज बिहानबाट गणना सुरु भएको छ भने नरहरिनाथ गाउँपालिका–६ मा यही ७ गते पुनः मतदान हुने भएको
छ । उक्त मतदान केन्द्रमा मृतक उम्मेदवार धनरुप बटालाको स्थानमा वडा अध्यक्षको उम्मेद्ववारमा बटालाको पत्नी दूधा बटालालाई राप्रपाले उम्मेद्ववार उठाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.