Websoft University

किसानलाई मौसम बारे जानकारी गराउन सुनसरी मोबाइल बितरण भयो


सुनसरी, बैशाख २१ गते । रातो तारा डट कम-सुनसरीका ६३ कृषक समूहलाई बुधबार मोबाइल फोन वितरण गरिएको छ । किसानलाई मौसम र जलवायुको विषयमा जानकारीका लागि मोबाइल फोन वितरण गरिएको हो ।

नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना व्यवस्थापन इकाईले जिल्लाका ६३ वटा कृषि समूह, कृषि सहकारी र पशुपालन कृषक समूहलाई मोबाइल फोन वितरण गरेको हो । 

जिल्लाका किसानलाई बुधबार जिल्ला कृषि विकास कार्यालय सुनसरीमा कृषि व्यवस्थापन प्रणालीको सामग्री तथा उपकरण वितरण कार्यक्रम आयोजना गरी सो सामग्री वितरण गरेको 
हो ।

कृषि व्यवस्थापन सूचना प्रणाली कार्यक्रमअन्तर्गत कृषि मौसम र जलवायुसम्बन्धी जानकारी सहजरुपमा पाउनका लागि मोबाइल फोन सिम कार्डसहित वितरण गरिएको आयोजनाका निर्देशक विष्णुप्रसाद घिमिरेले जानकारी दिए ।

 घिमिरेका अनुसार आयोजनाले किसानलाई जानकारीमूलक प्रोडक्टका प्रचारप्रसार, उत्पादन वृद्धिका लागि कृषि जलवायु तथा प्रविधिजडित जानकारीमूलक हाम्रो कृषि मोबाइल, एसएमएस, इन्टर एक्टिभ र भ्वाइस रेस्पोन्सका लागि सामग्री वितरण गरिएको हो ।

उक्त मोबाइलबाट किसानले कृषिसम्बन्धी प्रश्नउत्तर, मौसमका बारेमा जानकारी, सूचना तथा जानकारीको अपडेट, कृषि र किसानको सफलताको कथा लगायतका कुरा मोबाइलबाटै थाहा पाउने आयोजना निर्देशक घिमिरेले बताए । समूह र सहकारीलाई वितरण गरेको उक्त मोबाइलबाट झन्डै दुई हजार किसानले राहत पाउनेछन् । 

सूचना पाएर आफ्नो कृषि बाली तथा पशुपक्षी पालनमा सहजताका साथै सतर्कता अपनाउन सहज हुने जिल्ला कृषि विकास कार्यालय प्रमुख राजकान्त झाले जानकारी दिए ।
झाका अनुसार ६३ सहकारी र समूहमध्ये ३८ सहकारी र समूह कृषितर्फ तथा २५ वटा समूह पशुतर्फको रहेका छन् ।

समूह र सहकारीलाई कार्यक्रमका प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले मोबाइल फोन सेटसँगै, रेनगेज, तापक्रम नाप्ने थर्मामिटर लगायतका सामग्री वितरण गरे । 

सामान पाएपछि किसान र कृषक समूहले त्यसबाट आफूहरुलाई पशुपालन तथा बाली उत्पादनमा सहज हुने प्रतिक्रिया दिएका छन् । अनलाइन खबर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.