काठमाडौं, जेठ १६ गते । रातो तारा डट कम,सरकारले नयाँ बजेटमार्फत् सुर्ती र चुरोटको भाउ करिब १० देखि १२ प्रतिशतको दरमा बढ्ने भएको छ ।
सरकारले यी बस्तुको अन्तशुल्कः ८ देखि १० प्रतिशतसम्म वृद्धि गरेको छ । सरकारले यी बस्तुको अन्तशुल्क : २३ रुपैयाँदेखि १ सय ८७ रुपैयाँसम्म बढाएको हो ।
सरकारले फिल्टर नभएको चुरोटमा प्रति एम अन्तशुल्कः ८ प्रतिशतले (२८ रुपैयाँ) ले बढाएर ३ सय ७४ पुर्याएको छ । चालु आवमा यसको दर ३ सय ४६ रहेको छ ।
समरुपी वा पुननिर्मित, चुना मिलाईएको, कट टोबाको र धुलो सुर्ती १० प्रतिशतले (२३ रुपैयाँ) ले बढेर २ सय ५३ रुपैयाँ पुगेको छ । यो दर हाल २ सय ३० छ ।
जर्दा, खैनी, नस, गुट्खा, निकोटिनयुक्त पान मसलाहरुको अन्तशुल्कः प्रति किलो ग्राम १० प्रतिशतले बढेर ४ सय ६२ रुपैयाँ पुगेको छ । यसको दर हाल ४ सय २० रहेको छ ।
७० मिमिसम्म लम्बाई भएको चुरोट (सुर्ती भएको) को अन्तशुल्कः पनि ८ प्रतिशत बढेर ८ सय ५९ रुपैयाँ पुगेको छ ।
७० देखि ७५ मिमिसम्म लम्बाई भएको चुरोटको अन्तशुल्कः करिब ९ (८.९८) प्रतिशत बढेर १ हजार १ सय १६ पुगेकोछ ।यसको दर हाल १ हजार २४ रुपैयाँ रहेको ।
७५ देखि ८५ मिमिसम्म लम्बाई भएको चुरोटको अन्तशुल्कः करिब ९ (८.९८) प्रतिशत बढेर १ हजार ४ सय ५६ पुगेको
छ । यसको दर हाल १ हजार ३ सय ३६ रुपैयाँ रहेको ।
८५ मिमि भन्दा बढि लम्बाई (फिल्टर भएको) चुरोटको अन्तशुल्क: १० प्रतिशतले बढेर २ हजार ५५ रुपैयाँ पुगेको
छ । हाल यो दर १ हजार ८ सय ६८ रुपैयाँ छ ।
Post a Comment