Websoft University

कालिकोट झडपमा परी ६ जना घाइते, मतपेटिका जलाइए !

काठमाडौ, बैशाख १ गते । रातो तारा डट कम-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालिकोटको नरहरिनाथ गाउँपालिकास्थित नन्दादेवी माविको मतदान केन्द्रमा मतपेटीका नियन्त्रणमा लिएर जलाएपछि तनाव भएको छ ।
मतदान सकिएपछि आइतबार साँझ मतपेटीका प्याक गरेर गणना स्थलतर्फ लैजाने तयारी गर्दै गर्दा अचानक ठूलो संख्यामा आएका विप्लवका कार्यकर्ताले जनमतसहितको ब्यालेट बक्स जलाएपछि सो स्थानमा दोहोरो भीडन्त भएको हो ।
नन्दादेवी मावि मतदान केन्द्रका मतपेटीका गणनास्थलतर्फ लैजाने तयारी गर्दै गर्दा विप्लवका कार्यकर्ताले अचानक घेरेर आगो लगाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले बताए ।

मतदान अधिकृत र प्रहरी भागे, सेनाको टोली नियन्त्रणमा

प्रहरी स्रोतकाअनुसार विप्लवका कार्यकर्ताले मतपेटीका जलाउन थालेपछि मतदान अधिकृतसहितका सरकारी अधिकारीहरु भागेका
छन् । विप्लवका एक जना विद्यार्थी नेता नरेन्द्र विश्वकर्माले सुरक्षामा खटिएको प्रहरी निर्वाचन अधिकृतलाई लिएर भागेको र सेनाको टोलीलाई आफूहरुले नियन्त्रणमा राखेको बताए ।
उनका अनुसार मतपेटिका कब्जा गर्ने क्रममा सुरक्षाकर्मीसँग केहीबेर झडप पनि भएको र झडपमा परी ६ जना घाइते भएका छन् ।दैनिकनेपालबाट,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.