Websoft University

टोमाहक क्षेप्यास्त्र आक्रमण हुनसक्ने भन्दै किमले तयारीको आदेश दिएकाछन

काठमाडौ जेठ ४ गते । रातो तारा डट कम-उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले अमेरिकी जलसेनाबाट टोमाहक क्षेप्यास्त्र आक्रमण हुनसक्ने भन्दै सुरक्षात्मक पर्खालहरू तयार पार्न आदेश दिएका छन् ।

अमेरिकी वायुसेनाको आक्रमणबाट बच्नका लागि पनि सुरक्षाकवचहरू उत्तरले तयार पारिरहेको छ। कोरियाली प्रायद्वीपमा तनाव बढिरहँदा अमेरिकी सुरक्षाबलहरू तयारी अवस्थामा बसिरहेका छन् । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा क्षेप्यास्त्र आक्रमण गरेजस्तै उत्तर कोरियामा पनि आक्रमण गर्न सक्ने आँकलन गरेर किमले तयारीको आदेश दिएका हुन् । गत सप्ताहान्तमा उत्तर कोरियाले ह्वासोङ–१२ नामक क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

यो नयाँ हतियारले आणविक वारहेड बोक्ने क्षमता राख्ने बताइएको थियो ।उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले क्षेप्यास्त्र प्रक्षेपणले अमेरिकालाई गम्भीर चेतावनी दिएको र किमको खजानामा शक्तिशाली प्रत्याक्रमणकारी हतियारहरू रहेको बताएको थियो । उत्तरले छैठौं आणविक बम परीक्षणको धम्की दिइरहेको छ । एजेन्सी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.