विराटनगर, वैशाख २१ गते । रातो तारा डट कम-एक सातादेखि नेपाल टेलिकमको टेलिफोनसेवा विराटनगरको महेन्द्रचौंकको पश्चिमी क्षेत्रमा अवरुद्ध छन् ।
सो सेवा अवरुद्ध भएपछि राष्ट्रिय समाचार समिति, www.ratotara.com( रातो तारा डट कम) अनलाइन पत्रका लगायतका सन्चार माध्यम सयौं टेलिफोनका उपभोक्ताहरु मारमा परेका छन् । सो कारणले एडिएसएलसेवा एक हप्ता देखि प्रभावित भएको भए पनि टेलिकमले बनाउन सुरू गरेको छैन।
यस सम्बन्धमा नेपाल टेलिकम विराटनगरका प्राविधिक प्रमुख बच्चुराज खतिवडाले सो क्षेत्रमा सेवा सुचारु हुनमा अझैं दस दिन लाग्ने बताउनुभएको छ ।
महेन्द्रचौंकदेखि रोडशेषसम्म करिव एक किलोमिटरको क्षेत्रमा विछ्याइएको केवुलमा चिसो पसेकाले समस्या सृजना भएको बताउनुभयो । ती क्षेत्रमा खनेर तार झिक्नुपर्ने भएकाले थप दस दिन लाग्ने उहाँले थप्नुभयो ।
सडक खन्नका लागि सम्बन्धित निकायका साथै ट्राफिक प्रहरीसँग इजाजत लिनुपर्ने कार्य सम्पन्न भइसकेकाले आजैदेखि माटो खन्ने कार्य शुरु हुने उहाँले जानकारी गराउनुभयो ।
Post a Comment