काठमाडौं,जेठ १० गते । रातो तारा डट कम-अब स्मार्ट टेलिकमले पनि चौंथो पुस्ताको दूरसञ्चार सेवा फोरजी सेवा प्रारम्भ गर्ने भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई पनि फोरजी सञ्चालनको अनुमति दिएको छ ।
आगामी साउन १५ पछि गतेदेखि फोरजी चलाउन सक्ने गरी स्मार्ट टेलिकमलाई फोरजी अनुमति दिइएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।
प्राधिकरण सञ्चालक समितिको बैठकले कम्पनीले फोरजीका लागि पेश गरेको रोलआउट प्लानलाई स्वीकृत गर्दै फोरजी सञ्चालनको बाटो खुला गरिदिएको छ ।
अब स्मार्ट टेलिकमले तत्कालै फोरजीको परीक्षण गर्न गर्न सक्नेछ । कम्पनीले फोरजी सञ्चालनका लागि पूर्वाधार तयार गरिसकेको छ ।
उसले फोरजीका लागि आन्तरिक तयारीसमेत गरिरहेको छ । स्मार्ट टेलिकमले १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा १२ मेगाहर्ज पि|mक्वेन्सी छ । यसमध्ये ५ मेगाहर्जलाई उसले फोर-जीमा उपयोग गर्ने योजना बनाएको छ ।
यसैलाई उपयोग गरेर अब उसले फोरजी चलाउन सक्ने प्रवक्ता अर्यालले बताए । फोरजीका लागि थप फ्रिक्वेन्सी भने नदिइएको अर्यालले बताए ।
सरकारलाई वुुझाउनुपर्ने फ्रिक्वेन्सी दस्तुर, रोयल्टी तथा नव्किरण दस्तुर लगायतका तिर्नुपर्ने दस्तुर वुझाइसकेपछि स्मार्टले लाइसेन्स पाउनेछ ।
प्राधिकरणले यथा सम्भव नेपालभर सेवा संचालन गनूृपर्ने , प्रत्येक ३ महिनामा कार्यप्रगति प्राधिकरणमा पेश गर्नुपर्ने, क्षेत्र विस्तार तथा गुणस्तरका सम्बन्धमा प्राधिकरणले समय समयमा दिइने निर्देशन पालना गर्नुपर्ने शर्त सहित लाइसेन्स दिइएको अर्यालले बताए ।
फोरजीका लागि निवेदन दिएको युटीएलले भने अनुमति पाएको छैन । नेपाल टेलिकमले यसअघि नै फोरजी सेवा सञ्चालनमा ल्याइसकेको छ ।
संशोधन गरिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीतिले पुरानै ब्यान्डको फ्रिक्वेन्सीमा नयाँ सेवा सुरु गर्न पाइने व्यवस्था गरेको छ।
सोही व्यवस्थाअनुसार स्मार्टले प्रविधिगत तटस्थता (टेक्नोलोजी न्युट्रल) गरी पहिले नै पाएको १ हजार ८ सय मेगाहर्ज ब्यान्ड फ्रिक्वेन्सीमा फोरजी चलाउन अनुमति पाएको हो । नेपाल टेलिकम र एनसेलले पनि टेक्नोलोजी न्युट्रालिटीमा फोरजी लाइसेन्स पाएका थिए ।
एनसेलले जेठ १८ बाट थ्रीजी सेवा सुरु गर्ने गरी अनुमति पाएको छ । उसले विभिन्न शहरमा एकैपटक सेवा थाल्न तयारी गरिरहेको छ ।
के हो फोरजी ?
फोरजी भनेको ‘फोर्थ जेनेरेसन वायरलेस’ अर्थात चौथो पुस्ताको ताररहितको इन्टरनेट डाटा प्रविधि जुन मोबाइल इन्टरनेट प्रबिधिमा सवैभन्दा पछिल्लो प्रबिधि हो ।
पछिल्लो प्रबिधि भएको हुनाले स्वभाविकरुपमा फोरजी थ्रीजीभन्दा तिब्र गतिको हुन्छ । आइटियूको मापदण्ड अनुसार १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबीपीएस) गतिको इन्टरनेट सहितको सेवालाई फोरजी भनिन्छ ।
बिभिन्न देशमा टेलिकम कम्पनीहरुले १ सय एमबीभन्दा कम क्षमतामै फोरजी सेवाका रुपमा चलाइरहेका छन् । नेपाल टेलिकमले भने ३०एमबीपीएसमा फोरजी चलाइरहेको छ ।
फोरजी सेवामा मोबाइल वेब एक्सेस, आइपि टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्दछन् । अनलाइनबाट
Post a Comment