बिराटनगर वैशाख २२ गते । रातो तारा डट कम-नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टले श्रमजिवि ऐन प्रभावकारी रुपमा कार्यान्वयन नहुदा अझैपनी पत्रकारहरुको पेशगत र हक अधिकार शुनिश्चित हुन नसकेको वताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ र प्रेश काउन्सीलको आयोजनामा आज विराटनगरमा भएको पत्रकार आचारसंहिता विषयक अन्तरक्रिया कार्यक्रममा उहाले राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन आचार संहिता प्रभावकारी कार्यान्वयन आवश्यक रहेको वताउनुभयो ।
उहाले सरकारले आम संचार निति ल्याएपनी त्यो कार्यान्वयनमा आउन नसके भन्दै आमसंचार निति तत्काल कार्यान्वयन हुुनुपर्नेमा उहाले जोड दिनुभयो ।
अध्यक्ष विष्टले अदालतले गरेको फैसलाकै आधारमा प्रधानन्यायधिश माथी महाअभियोग प्रस्ताव ल्याउनु दुखद भएको भन्दै संविधानको व्याख्यागर्ने निकायलाई सरकारले नियन्त्रणगर्न नहुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी सचिव संगीता खडकाले आचार संहिता कार्यान्वयन गर्न सचारकर्मीहरुलाई आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष वन्धु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रेश काउन्सीलका अधिकृत रमतुला मियाँ , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गणेश लम्साल, वरिष्ठ पत्रकार मोहन भण्डारी, महेन्द्र विष्ट तथा दिपेन न्यौपानेले आचार संहिताको प्रभावकारी कार्यान्वयमा जोड दिनुु भएको थियो ।
Post a Comment