झापा,जेठ ७ गते । रातो तारा डट कम,झापामा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका-४ घर भइ बिर्तामोड-४ मा बस्दै आएका ३६ वर्षीय रञ्जित प्रधान, बुद्धशान्ति गाउँपालिका-२ आइतबारेका २३ वर्षीय राजेश अधिकारी र २८ वर्षीय सन्दीप राई छन् ।
विशेष सुराकीको आधारमा उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको थियो ।
उनीहरुको साथबाट तीन हजार मिलिग्राम ब्राउन सुगर र लागूऔषध सेवन गर्दा प्रयोग गरेका नेपाली तथा भारु बेरेका नोट बरामद गरिएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रमुख डिएसपी केशव थेबेले जानकारी दिए ।
उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनकारी गराएकोछ ।
Post a Comment