Websoft University

निर्वाचनको मुखै आएर सरकारले आयोगका सचिवको सरुवा गरेको छ




बिराटनगर असार ९ गते । रातो तारा डट कम,दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मुखै आएर सरकारले आयोगका सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका सचिव गोपीनाथ मैनालीको सरुवा गरेको हो ।

उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ल्याइएको छ । एक मन्त्रीले भने, ‘आयोगलाई सहज होस् भनेर प्रधानमन्त्रीले सरुवाको प्रस्ताव गर्नु भएको हो ।’

गोपिनाथ मैनालीसहित राजन खनाल र शिशिर ढुङगानाको पनि सरकारले सरुवा गरेको छ । अर्थ मन्त्रालयमा रहेका खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । अख्तियारका सचिव पूर्णचन्द्र भट्टराईले अवकास पाएपछि त्यहाँ सचिव पद रिक्त थियो ।

यसैगरी ढुङगानालाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । ढुङ्गाना क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा थिए ।

आयोगमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई कामु सचिवमा सरुवा गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.