अमृत बास्तोला-तेह्रथुम,जेठ,१९ गते । रातो तारा डट कम-
नेपाल विद्युत प्राधिकरण तेह्रथुमका प्राविधिकहरुले आठराई गाउँपालिकामा नियम विपरित सेवा शुल्क लिएका छन्।
आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारका ८५ घर उपभोक्ताहरुबाट विद्युत प्राधिकरण तेह्रथुम विरतण केन्द्रका प्राविधिक कमानसिंङ तामाङ र भिम खतिवडाले मिटर जाडन गरेको ६ सय रुपैया सेवा शुल्क नियम विपरित लिएका हुन् ।
प्राधिकरणका अनुसार उपभोक्ताले एउटा मिटरको १ हजार ४ सय रुपैया, एमसिविको ९५रुपैया, सिलको १ सय रुपैया, निवेदन शुल्क ५० रुपैया र सेवा शुल्क १०० रुपैया गरी १ हजार ७ सय ४५ रुपैया मात्र प्राधिकरणमा बुझाउनुु पर्छ ।
आठराई संक्रान्तिबजारका उपभोक्ताहरुले भने उद्योग वाणिज्य संघ उपशाखा संक्रान्तिबजारको भरपाईमा एउटा मिटर सेटको २६ सय रुपैया तिरेका छन् ।
वाणिज्य संघ उपशाखाले उपभोक्ताहरुबाट सेवा शुल्क २ सय ५० लिएको छ । उपभोक्ताले एउटा मिटर सेटको १ हजार ७ सय ५० रुपैया र प्राविधिकहरुलाई थप सेवा शुल्क ६ सय रुपैया तिर्नु परेको हो ।
संक्रान्तिबजार देखि जिरीखिम्ती सम्म प्रति उपभोक्ताहरु आपैm जादा १ हजार ५ सय यातायातमा मात्र खर्च हुन्छ, उद्योग वाणिज्य संघ उपशाखा संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेलले भन्नु भयो, “सबैलाई राहात पुगोस् भनेर सेवा शुल्क २ सय ५० लिएर घरैमा मिटर उपलब्ध गराइएको हो ।”
प्राविधिकले लिएको ६ सय रुपैयाको लागि प्राविधिक कै अनुरोधमा संयुक्त भरपाई बनाएर मिटर वितरण गरिएको वाणिज्य संघ उपशाखा संक्रान्तिबजारका अध्यक्ष पौडेलले स्वीकार गर्नु भयो । मिटर जडानका लागि प्राविधिकले शुल्क लिन मिल्ने वा नमिल्ने आफुलाई कुनै जानकारी नभएको अध्यक्ष पौडेलले बताउनु भयो ।
नेपाल विद्युत प्राधिकरण तेह्रथुम वितरण केन्द्र जिरीखिम्तिका प्रमुख दिपक दाहालले नियम विपरित उपभोक्तहरुबाट कुनै पनि शुल्क लिन नापाइने बताउनु भएको छ ।
प्राविधिक प्राधिकरणका कर्मचारी भएकाले प्राविधिकको सम्पूर्ण खर्च प्राधिकरणले गर्नुुपर्ने प्रावधान रहेको प्रमुख दाहालले जानकारी दिनु भयो । प्राविधिकले उपभोक्ता संग लिएको थप शुल्कको बारेमा तत्कालै आठराई संक्रान्तिबजार मै गएर छलफल गर्ने प्रमुख दाहालको भनाई रहेको छ ।
संक्रान्तिबजारमा तेह्रथुमको जिरीखिम्ती सवस्टेसन हुदै मिन्छायेम गाउँपालिकाको मोराहाङ फिडरबाट ११ केभी विद्युत लाईन विस्तारको काम भईरहेको छ ।
अहिले आठराईमा विद्युत नहुदाँ स्थानीयले सोलार प्रविधिबाट विद्युतीय समस्या टार्दै आएका छन् । संक्रान्तिबजारमा स्थापित दर्जन बढी सरकारी तथा गैर सरकारी कार्यालय,
बैक तथा वित्तिय सस्थाहरुले पनि सोलार प्रविधिबाटै सेवा प्रवाह गरि रहेका छन् ।
Post a Comment