Websoft University

परिवार नियोजन साधन प्रयोगमा कमी



मोहन कुमार राई-जेष्ठ १९ गते । रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिका स्थित चैनपुर प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा परिवारनियोजन सुध्रिढिकरण सिफोटु संखुवासभाद्धारा परिवार नियोजन सम्वन्धी गोष्ठी सम्पन्न भएको छ ।

परिवार नियोजन कार्यक्रम कसरी प्रभावकारी रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने उद्देश्यले सञ्चालन भएको उक्त गोष्ठीे  चैनपुर नगरपालिका प्रतिनिधि राजनकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।



सो कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरका डा.अमन कृष्ण रञ्जित, जिल्ला जनस्वास्थ्य कार्यालय संखुवासभा खाँदवारीका (सिफोटु) परिवार नियोजन  गुणस्तरीय कार्यक्रमसंयोजक आश्मिन अधिकारी, राजनीतिक दलका प्रतिनिधिहरु महिला समूह प्रतिनिधि, आमा समूह पतिनिधि, शिक्षक सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियो ।



नेपालम सिफोवानले सन २०१५ सम्ममा ६७ प्रतिशत पु¥याउने लक्ष्य रहे पनि हाल ४१ प्रतिशत मात्र रहेकोले परिवार नियोजन ( फेमेलि प्लानिङ) प्रभावकारी वनाउने उद्देश्यले हाल सिफोटु आएको संयोजक आश्मिन अधिकारीले बताउनुुभयो । नेपालमा परिवार नियोजनको साधन प्रयोगकर्ता घट्दै गएको र गर्भपत बढ्दै गइरहेको छ ।

संखुवासभा जिल्लामा परिवार नियोजन साधन प्रयोग गर्ने २९ प्रतिशतबाट घटेर हाल २७ प्रतिशत रहेको समेत अधिकारीले बताउनुभयो ।

यसरी परिवार नियोजन साधनमा कमी आउनुको कारण पुरुष वैदेशिक रोजगारमा जानु, धार्मिक विश्वास, साधन प्रयोगको फाइदा र असरको बारेमा अनभिज्ञ हुनु, प्रयोगकर्ता सरकारी अस्पतालमा भन्दा प्राइभेत औषधालयमा जाँदा गोपनियता महसुस जस्ता कारणहरुको बारेमा छलफल भएको थियो।

परिवार नियोजनलाई प्रभाकारी वनाउन समुदायमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने, समाजमा रहेको अन्धविश्वास हटाउन धामिझाक्रीलाई समेत अभिमुखिकरण गर्दै लैजानुपर्ने, स्थायी र अस्थायी साधनको फाइदा वेफाइदाबारे जानकारी गराउनुपर्ने, साधनको प्रभाव र असरको बारेमा प्रसस्त जानकारी गराउनुपर्ने, स्थानीय संचारमाध्यमहरु रेडियो, एफ एममा सो सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने समेत भेलाले निर्णय गरेको थियो ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.