Websoft University

भोट दिन्छन भन्नेमा ढुक्क छु : तिलक राई



अर्जुन जम्नेली राई- मोरङ, पथरी- असार ९ गते । रातो तारा डट कम,२०५८ सालदेखि माओवादी आन्दोलनमा सक्रिय तिलकप्रसाद राई पार्टीको बेलबारी गाउँहुदै नगर संयोजक, ३ नम्बर क्षेत्रीय तथा मोरङ जिल्ला सदस्यहुदै १० वटा माओवादी एकतापछि केन्द्रीय सदस्य हुन ।

पार्टी सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाका ३ नम्बर क्षेत्रीय अध्यक्ष, कोचिला राज्य सचिवहुदै हाल केन्द्रीय उपाध्यक्ष रहेका छन् । २०१८ सालमा मकरबहादुर राई र श्रीमाया राईको कोखबाट तिलकप्रसादको जन्म भएको हो । किरात राई समुदायको सर्वोच्च साझा सामाजिक संस्था किरात राई यायोक्खाको केन्द्रीय उपमहासचिव तथा मोरङ जिल्ला इन्चार्ज हुन् । आइएसम्मको अध्ययन गरेका तिलक नेपाल आदिवासी जनजाति नगर समन्वय समितिको अध्यक्ष हुन ।

बेलबारी ब्यापार संघको पूर्व उपाध्यक्ष, उद्योग वाणिज्य संघ र बेतना सिमसार समितिको सल्लाहाकार हुन् । अन्नपूर्ण सहकारी संस्थाको पूर्व अध्यक्ष, बेलबारी बहुमुखी क्याम्पसको पूर्ब सचिवालय सदस्य, पर्यटन मन्त्रालयबाट नियुक्ति भइ विराट क्षेत्र पर्यटन प्रबर्धन विकास समितिको सदस्य भएर सामाजिक क्षेत्रमा काम गरेका अनुभवि व्यक्तिहुन तिलकप्रसाद राई । समाजसेवामै सक्रिय राई असार १४ गते हुने स्थानी तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट मेयरका उमेद्वार हुन । निर्वाचनकै सन्दर्भमा गरिएको कुराकानी प्रस्तुत छ ।

तयारी कुन अवस्थामा पुग्यो ?
तयारीको ब्यापक चलिरहेको छ । घरदैलो हुने भइगायो । जनप्रदर्शन, वडासभा, टोलसभा, आन्तरिक भेटघाटको क्रम निरन्तर भइरहेको छ । प्रचारप्रशारको काम नि जारी छ ।
भोटरको प्रतिक्रिया कस्तो पाउनु भयो ?
म बेलबारीमा ३२ बर्ष अघिदेखि सामाजिक काममा छु । यो क्षेत्रमा राजनीतिक, धार्मिक, साँस्कृतिक कामलाई पनि उत्तिकै समय दिदै आएको व्यक्ति हुँ । जहाँजहाँ जाँदापनि भोट दिन्छौ। तपाईको जित सुनिश्चित छ भन्छन ।

जनताले त अरुलाई नि त्यसै भन्लान नि ?
भन्छन होला । तर, अन्य उमेद्वारको दाँजोमा यो क्षेत्रको सामाजिक, राजनीतिक काम, भौतिक विकासमा मेरो कुनै कमी छैन । त्यसकारण अन्य उमेद्वारको भन्दा मत मेरो बढी आउनेमा ढुक्क छु ।

तपाईको जित्ने मुख्य मुख्य आधारहरु के के हुन ?
पहिलो कुरो त म आर्थिक हिसावले अत्यन्त निम्न वर्गीय परिवारमा हुर्केको व्यक्ति हुँ । भुटेको मकैले छाक टारेको अनुभव छ । गरिब परिवारको पीडा कस्तो हुन्छ । मलाई पूर्ण अनुभव छ । बेलबारीमा मासु व्यापार गरेँ । गरिब परिवारले कति अपमान सहनु पर्छ मलाई रामरी थाहा छ । जनतालाई मैले गर्ने व्यवहारबाट त्यो अनुभूति हुनुपर्छ । निर्वाचनको बेला २ दिन तामझाम गरेर, मुखले हजारौँ पटक भनिय पनि जनताले विश्वास गर्दैनन ।

दोस्रो कुरा संगठन हाम्रो बलियो बनेको छ । माओवादी एकता भएपछि हाम्रो संगठन बलियो बनेर आएको छ । नगरको ११ वटै वडा र टोल कमिटीहरु क्रियाशिल छ । हाम्रो अनुपस्थितिमा पनि पार्टी दिनरात सक्रिय रहेको छ । पार्टी सम्बद्ध महिला, युवा, विद्यार्थी, मजदूर, किसान लगायतका भातृ संगठनहरु सक्रिय छन् ।

पार्टीका नेता कार्यकर्ताहरु उत्साहित छन । संघीय लिम्बुवान मञ्च नेपालले त हामीलाई भोट दिने निर्णय नै भइसक्यो । संयुक्त विज्ञप्ति आएको छ । मेरो व्यक्तिगत र सामाजिक सम्बन्धको कारण स्वतन्त्र व्यक्तिहरु, समर्थक, शुभचिन्तक र अन्य पार्टीका सदस्यहरुले समेत मलाई भोट दिन्छन भन्नेमा म ढुक्क छु ।

मुख्य त विचार र सिद्धान्तको कुरा हो । हाम्रो पार्टी गणतन्त्र, संघीयता, पहिचान, धर्म निरपेक्षता, समाबेसी—समानुपातिक राज्य व्यवस्थाको लागि निरन्तर संघर्ष गर्दै आएको पार्टी हो । वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय मुक्तिको लागि संघर्ष गर्दै आएको पार्टी हो । मजदूर, किसान र सुकुम्बासीहरुको अधिकार प्राप्तिको लागि आन्दोलन गर्दै आएको पार्टी हो । त्यही भएर जनताले भोट दिनुपर्छ ।

चौथो कुरा पार्टीको तर्फबाट साविक बेलबारी र नगरभएपछि पार्टीको तर्फबाट संन्यन्त्रमा बसेर यो क्षेत्रको भौतिक विकासमा पनि मेरो उत्तिकै भूमिका छ । मेरै पहलमा पछिल्लो समयमा बेलबारी बजारको दुर्गा मन्दिरदेखि थापा चौक, मालपोत लाइन, सेनिमाहल लाइन लगायतको स्थानमा १५० वटा फोहोर मैला व्यवस्थापनको लागि ढ्वाङ्ग राखिएको छ ।
बेलबारीको साविक वडाहरु १, २, ३, ४, ५, ७, ९, १० र ११ मा पछाडि परेका समुदायको लागि ४३ वटा सौर्य बत्तिहरु वितरण गरियो । सुकुम्बारी, लालभित्ति माथि उराउ वस्ति, मिर्मिरे टोल, सिम्पाने टोल र दुर्गा मन्दिर पश्चिममा सार्वजनिक धारा जडान गरियो । हाम्रै पहलमा आदिबासी जनजाति सभाहल भवन निर्माण भयो । बिभिन्न स्थानको लागि बिद्युत विस्तारलाई तार—पोल, ट्रास्फरमर, सडकको लागि राष्ट्रिय बजेटबाट पहल गरेँ । बेलबारीको विभिन्न संघ, संस्था अर्थात क्लवहरुमा व्यक्तिगत सहयोग गर्दै आएको छु । बेलबारीको सडक, कुलो, खानेपानीको व्यवस्था र जनताको प्रशासनिक काम मेरो सहयोग रहदै आएको छ । मैलो सहयोग गरेका जनताकै भोट आयो भनेपनि मेरो भोट निक्कै बढीहुनु पर्छ ।

बिजय पश्चातको योजनाहरु के के छन ?
बेलबारी नगर विकासको लागि विभिन्न क्षेत्रका विज्ञहरुसँग बसेर सर्बप्रथम कम्तिमा २० बर्षे गुरु योजना निर्माण गर्नुपर्छ । प्राथमिकीकरण गरी ५ बर्षको अल्पकालीन योजना बनाएर बिकास निर्माणमा लाग्छु ।

त्यसकारण मैले जितेपछि सर्बप्रथम बेलबारीलाई भ्रष्टचार मुक्त नगर बनाउछु । सेवाग्रहीहरुको ढिला सुस्ति र झन्जटको अन्त्य गरी छिटोछरितो सेवाको व्यवस्था मिलाउने छु । बृद्धबृद्धा र अपाङ्गता भत्ता घरघरमा पु¥याउने व्यवस्था मिलाउनेछु । रिङरोड निर्माण गर्ने, नगर बस सञ्चालन र पाँच बर्षभित्र सडकहरु कालोपत्रे गर्नेछु । मैले पाउने भत्ता सामाजिक सेवामा लगाणी गर्नेछु ।

वेरोजगार युवाहरुको तथ्याङ्क संकलन गरी व्यवसाहिक तालिम पश्चात रोजगारी दिइने छ । नगरलाई उद्यौगिक विकास गर्न विभिन्न कल, कारखाना र उद्यौगहरुको स्थापनाको लागि पहल गरिने छ । उपभोक्ताहरुको हितलाई ध्यानमा राखि सहुलीयत दरको पसल(सुपर मार्केट) सञ्चानल गर्ने । कम्तिमा दुई स्थानमा स्मार्ट सीटी बनाउने र नगरको कम्तिमा चार स्थानमा व्यापारिहरुको सुरक्षाको लागि सीसी क्यामेरा र आवश्यकता हेरी सार्वजनिक स्थानहरुमा वाईफाईको व्यवस्था गरिने छ ।

कृषिलाई आधुनिकता तिर अघि बढाइने छ । किसानहरुको लागि सस्तो व्याजको ऋण, सिंचाइ सुविधा, सुलभ मूल्यमा मल र बीऊको व्यवस्था गर्नेछु । १२ कक्षासम्म गुणस्तरीय पूर्ण निशूल्क शिक्षाको व्यवस्था गर्ने, ज्याला मुजदूरी र निम्न वर्गीय किसानका छोराछोरीको लागि प्रत्येक बर्ष शैक्षिक समाग्रीको प्रदान गर्ने । सामुदायि विद्यालयको स्तर उन्नति गर्ने र निजी विद्यालयले लिदै आएको शूल्कको प्रभावकारी नियन्त्रण गर्ने योजना छ ।

नगरमा कम्तिमा ५० शैयासम्मको आधुनिक अस्पताल निर्माण गरी जनताको निशूल्क उपचारको व्यवस्था मिलाइने छ ।
बालबालिकाहरुको लागि कम्तिमा दुई स्थानमा चिल्ड्रेन पार्क, बृद्ध—बृद्धाको लागि भजन किर्तन वा आराम गर्ने भवन र दुव्यसनी मुक्त बेलबारी बनाउन पुनःस्थापना तथा सचेतना केन्द्र निर्माण गर्नेछु ।

भू—उपयोग नीति बनाइ जोतभोग गर्दै आएको ऐलानी जग्गाको धनिपुर्जा वितरण गरेर भूमि हिन तथा सुकुम्बासीहरुको व्यवस्थापन गर्नेछु । सबै वडामा शुद्ध खानेपानीको व्यवस्था गर्ने र खानेपानी महसुल छुटको व्यवस्था मिलाइने छ ।

पर्यटन क्षेत्रको रुपमा विकास गर्न नगरभित्र रहेका हरेक सिमसार, धनपालगडी, रातोडाडाँलाई पर्यटन गन्तव्य र पर्यटन तालिमको रुपमा विकास गर्ने योजना छ ।
खेलकुद विकासको लागि प्रत्येक वडामा खेल मैदान र कवर्ड हलको स्थापना तथा खेलाडिहरुको शीप बिकासको लागि तालिमहरु सञ्चालन गर्नेछु ।

बेलबारीको आय श्रोत बढाउने उदेश्यले ढुङ्गा, गिटी, बालुवा लगायतको बस्तु सुलभ मूल्यमा उपभोक्तालाई उपलब्ध गराइनेछ । विद्युत उत्पादनको सम्भाव्यता अध्ययन गर्ने र बेलबारी उज्यालो अभियान अन्तर्गत सबै सडकहरुमा सडक बक्ती राखिने छ ।

चाँडै मुद्धा फैसलाको व्यवस्था गरिने छ । नगरपालिकालाई इन्टरनेट दस्तावेजीकरण गरिनेछ । जनप्रतिनिधि र कर्मचारीहरुलाई शासक नभएर सेवकको रुपमा प्रशिक्षित गरिनेछ । बहुजातीय संग्राहलय बनाउने, आवश्यकता हेरी नगरको बिभिन्न स्थानमा व्यवस्थित सार्वजनिक शौचालय, आर्यघाट, डम्पिङ्ग साडट बनाइने छ । अन्य धेरै योजनाहरु छ ।
यतिधेरै योजना सम्भव होला त ?
किन नहुनु हुन्छ । माओवादी नेतृत्वको सरकारले बेलबारी नगरलाई यो आर्थिक बर्षको लागि ४१ करोड ३१ लाख ८२ हजार बजेट बिनियोजन भएको छ । यसमा स्थानीय करहरु थपिन्छ र नगरको बेजट बन्छ । भ्रष्टचार र अनियमितता भएन भने पाँच बर्षमा सवै योजना सम्भव देख्छु । १० बर्षमा नेपाल भौतिक विकासको हिसावले कायापलट हुन्छ ।
तपाई साबिक बेलबारी गाविसको कर्मचारी पनि हुनुहन्थ्यो होइन ?

हो २०३७ सालमा बेलबारी गाविसको बैदार पदमा नियुक्ति भएँ । १२ बर्ष काम गर्दा मुखियाहुदै खरिदारसम्म भएर काम गरेको अनुभब गरेको सही हो । मासिक २६० रुपैया तलब लिएर काम गर्न थालेको थिएँ पछि ३ हजार रुपैयाँबाट बेलबारीमा किराना पहल सुरु गरेको हुँ ।

अन्तमा केही छ ?

विचार, सिद्धान्त र समाजमा गर्दै आएको योगदानको आधारमा भोट लगाउनु होला । यो स्थानीय तहको निर्वाचन भनेको स्थानीय सरकार बनाउने चुनाव हो । त्यसकारण भोज भतेर, अन्य भौतिक समान र पैसामा कोही पनि नबिकौं । म जित्दै छु । गोलाकार भित्र हसिया हथौडामा मतदान गरेर अत्याधिक मतले विजय गराइदिन हुन सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरुमा हार्दिक अनुरोध गर्दछु ।

१० बर्षमा नेपाल भौतिक विकासको हिसावले कायापलट हुन्छ । पैसामा कोही पनि नबिकौं भ्रष्टचार र अनियमितता भएन भने पाँच बर्षमा सवै योजना सम्भव देख्छु





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.