Websoft University

३५ हजार ६ सय ७८ लाइसेन्स प्राप्त हतियार खोइ ?



बिराटनगर जेठ १९ गते । रातो तारा डट कम-स्थानीय निर्वाचनलाई लक्षित गर्दै सरकारले लाइसेन्स प्राप्त हतियार बुझाउन निर्देशन जारी गरे पनि करिब चौतीस हजारभन्दा बढी हतियारको अत्तोपत्तो छैन । 
गृह मन्त्रालयको तथ्यांकअनुसार ३५ हजारभन्दा बढी लाइसेन्स प्राप्त हतियार सर्वसाधारणको नाममा छ । गृहले लाइसेन्स प्राप्त हतियार सम्बन्धित जिल्ला प्रशासनमा बुझाउन निर्देशन दिएको थियो ।

गृहको निर्देशनमा भनिएको थियो, 'निर्वाचन अवधिभर लाइसेन्स प्राप्त हतियार जिल्ला प्रसाशनमा राख्ने ।'
सर्वसाधारणलाई ३५ हजार ६ सय ७८ लाइसेन्स प्राप्त हतियार राख्न दिइएको थियो ।

तीमध्ये बिहीबारसम्म केवल नौ सय ७८ हतियार मात्र सम्बन्धित जिल्ला प्रशासनमा बुझाइएको छ ।'हामीले निर्वाचन प्रभावित हुन सक्ने आँकलन गरी ती हातहतियार सम्बन्धित जिल्ला प्रशासनमा बुझाउन निर्देशन दिएका थियौं । अहिले पनि ताकेता गरिरहेका छौं तर हतियार नबुझाएको भन्दै अब गृहले तागेता गर्ने जनाएको छ। स्रोत अन्नपुर्ण पोष्ट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.