बिराटनगर असार १४ गते । रातो तारा डट कम-असारे झरी कतै पानी परिरहेकोछ, कताे पर्न लागेको छ, यो प्रतिकुल मौसमलाई छिचोल्दै ३५ जिल्लाका ३३४ स्थानीय तहमा अहिले मतदान सुरु भएको छ ।
अधिकांश जिल्लामा बिहानैदेखि पानी परिरहेको छ । तर, मतदाताहरु खुसिले गद गद हुदै मतदान केन्द्रमा बिहानैदेखि उत्साहित भएर मतदान केन्द्र हरूमा भेला भइसकेका छन् ।
निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ ।
६२ हजार उम्मेदवार चुनावी मैदानमा
आजको चुनावमा प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा ६४ लाख ३२ हजार ७६५ मतदाता छन् ।
निर्वाचनबाट बिराटनगर महानगरपालिकाका साथै ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा गरी १५ हजार ३५ प्रतिनिधि चयन हुनेछन् ।
आयोगका अनुसार ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उनीहरु मध्ये ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।
निर्वाचनका लागि ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन्

Post a Comment