Websoft University

कोहलपुरसंग आफनो भित्री सम्बन्ध रहेको क. प्रचण्डको दाबी



काठमाडौ, असार ९ गते । रातो तारा डट कम,कोहलपुर, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोहलपुरसँग आफ्नो गहिरो सम्बन्ध रहेको दाबी गरेका छन् ।

बाँकेको कोहलपुरमा हिजो बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले नव विकसित कोहलपुरको समग्र विकासका लागि माओवादी केन्द्रको बिकल्प नरहेको बताए ।

उनले नरेन्द्र न्यौपानेको रुपमा प्रचण्ड सिधै कोहलपुरसँग जोडिएको दाबी समेत गरेका थिए । कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेसँग आफ्नो सिधा सम्पर्क रहेको बताउँदै प्रचण्डले न्यौपाने मार्फत कोहलपुरवासीले सिधै प्रचण्ड र माओवादी हेडक्वाटरसँग सम्पर्क स्थापित गर्न सक्ने बताए ।

माओवादी आन्दोलनको बलमा स्थापित एजेण्डाकै आधारमा स्थानीय तहको निर्वाचन हुन गइरहेको दाबी गर्दै प्रचण्डले इमान्दारीतापूर्वक कार्यसम्पादन गर्ने हो भने विकास सम्भव रहेको आफू नेतृत्वको सरकारले पुष्टि गरेको दाबी गरेका थिए।

जनताको सेवकको रुपमा स्थानीय प्रतिनिधिहरुले काम गर्ने बेला आएको भन्दै प्रचण्डले नरेन्ऽ न्यौपाने मार्फत प्रचण्डमाथी राज गर्ने अवसरको सदुपयोग गर्न सबैलाई आग्रह समेत गरेका थिए ।

ब्मखभचतष्कmभलत

सरकारले शहीद, बेपत्ता तथा घाइते परिवारका लागि जनही ५ लाख रकम निकासा गरेको जानकारी दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले चुनाव लगत्तै रकम वितरण गरिने बताए।

कार्यक्रममा कोहलपुर नगरपालिकामा माओवादी मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले युवालाई जिम्मेवारी सम्पन्न बनाउन कोहलपुरका मतदातासँग आग्रह गरे ।

पटक-पटक नेतृत्वमा आएर समेत कोहलपुरको विकासका लागि स्पष्ट खाका समेत कोर्न नसकेका दल र तिनका प्रतिनिधिबाट विकास सम्भव नभएको जिकीर गर्दै न्यौपानेले नयाँ जोश र जिम्मेवारीका साथ नेतृत्व गर्न तयार अवस्थामा रहेका युवा उम्मेदवारहरुलाई जिताउनु नगरवासीको दायित्व रहेको बताएका थिए ।

प्रतिस्पर्धी दलका उम्मेदवारहरुतर्फ इङ्गति गर्दै अखिल क्रान्तिकारीका अध्यक्षसमेत रहेका न्यौपानेले भने, ‘डेट एक्सपायर औषधिले रियाक्सन गर्छ, फाइदा गर्दैन । अनलाइन खबरबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.