(विम्लव पार्टी र राप्रपाको नेताहरु सहित दूइ सय कार्यकर्ता माओवादीमा प्रवेश)
अर्जुन जम्नेली राई-मोरङ,असार १० गते । रातो तारा डट कम,नेकपा(माओवादी केन्द्र)का बरिष्ठ नेता रामबहादुर थापा(बादल)ले हालसम्म प्राप्त उपलब्धि रक्षाको लागि माओवादीलाई भोट दिन आग्रह गरेका छन् ।

बादल शनिवार पूर्वी मोरङको बेलबारी, सुन्दरहरैचा र पथरीशनिश्चरे नगरपालिकामा आयोजित चुनावी सभामा सहभागि भए ।
बृहत जनप्रदर्शन पश्चात बेलबारी बजारमा भएको सभामा नेता बादलले गणतन्त्र प्राप्तिको लागि माओवादीले ठूलो बलिदान गरेको जनाउदै प्राप्त उपलब्धि रक्षाको लागि माओवादी केन्द्रलाई भोट दिन आग्रह गरेका हुन् ।
संघीयता, वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय उत्पीडितको विरुद्ध माओवादी संघर्षरत रहेको उल्लेख गर्दै पार्टी कमजोर भए प्राप्त उपलब्धि गुम्ने खतराहुने उनको भनाइ थियो । नेपाली जनताको बलिदानले प्राप्त उपलब्धिहरु जोगाउन पुरानै चरित्रको सत्ताधारीहरुलाई पराजित गर्नुपर्ने बताए ।
एमाले र कांग्रेसले नेपाललाई ‘कंगाल’ बनाउन लागेको आरोप लगाउदै सरकारले चाहे लोडसेडिङ जस्तो सवैखाले समस्यबाट मुक्त हुने नेता बादलको भनाइ थियो । भएका विद्युत वितरण नगरी लोड सेडिङको नाटक गरेर ब्याट्री तथा सोलरबाट कमिसन खाने अनि हावाबाट विजुली निकाल्ने नदी बेचेर पानी जहान चलाउने एमाले अध्यक्ष केपी ओली जस्तो चुट्किाला आफूहरु नभन्ने बदलको भनाइ थियो ।
माओवादी सरकारमा गएपछि लोड सेडिङको अन्त्य, आर्थिक बृद्धिदर बाढ्नुको बादलको दावी थियो । माओवादीले १० बर्ष सशन गर्न पाए बेरोजगारी समस्य हट्नुको साथै देश सम्बृद्धितिर अघि बढ्ने बताए ।
कार्यक्रममा बेलबारी नगरपालिकाको मेयरका उमेद्वार तिलकप्रसाद राईले प्रतिबद्धता मन्तब्य राख्दै आफूले जिते बेलबारीलाई भ्रष्टचार मुक्त बनाउने बताए । राईले पाँचा बर्ष भित्र हरेक सडक कालोपत्रे गर्ने सकिने, सडक बक्ति राख्न सकिने, बेलबारीलाई पर्यटक केन्द्रको रुपमा विकास गर्न सकिने लगायतको प्रतिबद्धता राखेका थिए ।
उपमेयरका उमेद्वार सुशिला भट्टराईले पनि प्रतिबद्धता राखेका थिए । सभाहुनु अघि बिभिन्न वडाबाट आएका हजारौं कार्यकर्ताहरुले नारा जुलुस सहित बेलबारी बजार परिक्रमा गरेका थिए ।
राप्रपा र विप्लव माओवादीका नेता सहित डेढ सय कार्यकर्ता माओवादीमा प्रवेश बेलबारी । मोरङको बेलबारीमा आयोजित चुनावी सभामा विभिन्न पार्टी परित्याग गरी दुई सय कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
यसरी पार्टी परित्याग गर्नेहरुमा नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य गणेश लिम्बू, जिल्ला सदस्य छबिलाल भट्टराई, बेलबारी नगर समिति सहसचिवराजन तामाङ्ग, राप्रपाका जिल्ला कोषाध्यक्ष अशित राई, बिसुलाल धिमाल, एमाले सम्बद्ध युवा संघका अञ्चल समिटि सदस्य कुमार बस्याल रहेका छन् ।
त्यसैगरी खम्बुवान राष्ट्रिय मोर्चा जिल्ला सदस्य जितुमान राई, संघीय लिम्बुवानबाट जीवन राई, नेपाली कांग्रेसका क्रियाशिल सदस्य तेजप्रसाद साप्कोटा, शंकर चौधरी लगायत विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । प्रवेश गर्ने मध्ये राप्रपाका जिल्ला कोषाध्यक्ष अशिल राई पूर्व प्रधानपञ्च हुन् ।
पार्टी प्रवेश गर्ने कार्यकर्ताहरुलाई बरिष्ठ नेता रामबहादुर थापा(बादल)ले अविर लगाएर स्वागत गरेका थिए । बादलको उपस्थितिमा सुन्दरहरैचा नगरपालिकाको विराटचौक र उर्लाबारी बजारमा पनि बृहत सभा भएको पार्टीको पोलिटब्युरो सदस्य तथा मोरङ जिल्ला इन्चार्ज कुशल लिम्बूले बताए ।
कार्यक्रमहरुमा पार्टीको केन्द्रीय सचिवालय सदस्य तथा १ नम्बर प्रदेश समितिको संयोजक सावित्रीकुमार काफ्ले(समार) पनि सहभागि रहेका थिए । पथरीशनिश्चरेका मेयरका उमेद्वार जहरमान लिम्बू, उर्लाबारी नगरपालिकाको मेयर उमेद्वार राजेन्द्र पौडेलले प्रतिबद्धता मन्तब्य राखेका थिए ।

Post a Comment