काठमाडौं,असार १२ गते । रातो तारा डट कम,स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रचार प्रसार गर्ने समय सकिएको छ । मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखिको अवधिलाई निर्वाचन आयोगले मौन अवधि भनेको छ ।
मौन अवधिमा कुनै पनि दल र उम्मेदवारले चुनावी प्रचार प्रसार, सभा र जुलसहरु निकाल्न पाउँदैनन् । मौन अवधिको यो आचारसंहिता तोडिएमा आयोगले सम्बन्धित उम्मेदवारलाई कारवाही गर्नेछ । चुनावको जोडघटाउलाई तलामाथि पार्ने अवधि पनि मौन समयनै हो ।
प्रायः हरेक निर्वाचनमा भोट माग्न नपाउने मौन अवधिलाई नोट बाँड्ने समयका रुपमा प्रयोग हुने गरेका आरोप लाग्ने गरेका छन् । मौन अवधिमा बाहिरी प्रचार प्रसार गर्न नपाइने भएकाले सबै उम्मेदवारहरु भित्री चलखेलमा लाग्छन् ।
मौन अवधिकै समयमा धेरै झडपहरु हुने गरेका छन् । दलका कार्यकर्ता र उम्मेदवारहरु सानो सानो समूहमा मतदाताहरुसम्म पुग्दा अर्को पक्षले रोक्न खोज्ने क्रममा झडप गरेको पाइएको छ ।
मौन अवधिमा पहिलो चरणको अनुभव
पहिलो चरणको चुनावको अनुभवलाई हेर्दा पनि मौन अवधिमा हिंसात्मक झडपहरु, पैसा बाँड्ने वा पैसा बाँडेको आरोपमा दलहरुले एक अर्कालाई आरोपित गर्ने सम्भावना हुन्छ । सुरक्षा निकायले पनि मौन अवधिलाई बढी संवेदनशील समयका रुपमा लिने गरेका छन् ।
पहिलो चरणको चुनावका बेला पैसा बाँडेको आरोपमा नुवाकोटको बिदूर नगरपालिकामा कांग्रेस कार्यकर्तामाथि एमाले कार्यकर्ताबाट हातपात भएको थियो ।
मौन अवधिमै पैसा बाँडेको र मतदाता प्रभावित पारेको भन्दै मुस्ताङमा एमाले, माओवादी र स्वतन्त्र उम्मेवारले तत्कालिन मन्त्री रोमी गौचनलाई घेरा हालेपछि प्रहरीले सुरक्षा दिनु परेको थियो । गौचनले आफूमाथिको आरोप झूठो भएको भन्दै खण्डन गरेका थिए ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको कपनमा समेत तत्कालीन मन्त्री गगन थापा विरामी आफन्त भेट्न गएका बेला एमाले कार्यकर्ताले चुनाव प्रचार गरेको र पैसा बाँडेको भन्दै आक्रमणको प्रयास गरेका थिए ।
मौन अवधिमा के के गर्न हुँदैन रु
निर्वाचन आयोगले जारी गरेको आचारसंहित अनुसार मौन अवधिमा निर्वाचन प्रचार–प्रसार गर्न र मत माग्न पाइँदैन ।
मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाउनुपर्छ ।
उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, स्टीकर, लोगो, झोला, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गन पाइँदैन ।
चुनाव चिन्ह अंकित सामाग्रीहरु बिक्री गर्न वा प्रदर्शन गर्न समेत पाइँदैन । उम्मेदवार वा राजनीतिक दलको प्रचार–प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।
मौन अवधिको नियम तोडे के कारवाही हुन्छ ।
मौन अवधिको आचारसंहिता तोडेको प्रमाणित भएमा सम्बन्धित उम्मेदवारको उम्मेदवारी रद्द गर्नेदेखि १ लाख रुपैयाँसम्म जारिवाना गर्न सक्ने व्यवस्था निर्वाचन आयोग सम्बन्धी कानुन ०७३ मा उल्लेख छ ।
निर्वाचन आयोगको टोलीले जाँचबुझ वा अनुगमन गर्दा कसैबाट आचारसंहिता पालना नभएको वा उल्लङ्घन भएको देखिएमा तुरुन्त रौक्न आदेश दिनेछ । तर, आयोगको आदेश पालना नगर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी नै रद्द समेत हुन सक्नेछ ।
निर्वाचन आयोगसम्बन्धी कानुनमा भनिएको छ– कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्नेछ ।
यसरी उम्मेदवारी रद्द गर्नु अघि सम्बन्धित उम्मेदवारलाई सफाइको उचित मौका दिनुपर्नेछ ।

Post a Comment