
रबिन्द्र बराल- रंगेली,मोरङअसार ८ गते । रातो तारा डट कम,
मोरङको रंगेलीमा रहेको ईलाका प्रहरी कार्यलय को भवन गृहमन्त्री बाट निरिक्षण भएको छ।
गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आज बिहीबार बिहान सात बजे निरिक्षण गर्नु भएको हो ।
गृहमन्त्री भएपछि उहाँले प्रहरी कार्यालय पहिलो पटक निरिक्षण गर्नु भएको हो । यो २०१९ सालमा प्रहरी कार्यलय स्थापना भएको थियोे ।
२०३३ सालमा १२ कठ्ठा जग्गामा ५ कोठे भवन स्थापना
भएको प्रहरीले बताए ।
२०६१ सालमा द्वन्द्वकालको समयमा रंगेली गाबिस भवनमा बस्दै आएको थियोे,भने त्यो भवन पनि र्जिर्ण भए पछि पुन २०७२ सालमा आफ्नै र्जिर्ण भवनमा गएर बस्न बाध्य रहयो ।
प्रहरीले अहिले सो र्जिर्ण भएको भवनमा बस्दै आएता पनि प्रहरीहरु वर्षा आउन लागेपछि उनीहरु प्लास्टिक किनेर र्जिर्ण भएको भवनमा प्लास्टिक ठोक ठाक गरेर बस्न बाघ्य भएको एक प्रहरी बताउछन ।
यस प्रहरी भवनमा पहिलोपटक गृहमन्त्री निरिक्षण गर्न आएको स्थानीय बासिन्दाहरूले बताएकाछन् ।
गृहमन्त्रीले बिहीबार बिहान रंगेलीमा रहेको कालिमन्दिरमा दर्शन गरेर उनले एक कार्यक्रममालाई सम्वोधन गर्देै भने दोस्रोचरणको निर्वाचनमा सबै आमजनता निर्धकका साथ २० बर्ष पछि हुनलागेको स्थानीय निकायको निर्वाचनमा निर्धक साथ सहभागी हुन आग्रह गर्दै शान्ति सुरक्षा समेत राम्रो रहेकोले सबै मतदाताहरुलाई निर्वाचन सहभागी हुन आग्रह गर्नु भएको छ ।
Post a Comment