Websoft University

प्रधानमन्त्रीसँग चिनिया विदेश सचिवद्वारा शिष्टाचार भेट




काठमाडौ,असार ८ गते । रातो तारा डट कम,प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल–चीन परामर्श संयन्त्रको ११ औँ बैठकको सहअध्यक्षता गर्ने सिलसिलामा यहाँ रहनुभएका चीनकापरराष्ट्र सचिव कुङ सेन युले हिजो अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा उहाँहरूबीच पारस्परिक चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

सचिव कुङले परामर्श संयन्त्रका निष्कर्षबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै दुई देशबीचको सहयोगलाई अझ घनिभूत तुल्याउने र द्विपक्षीय सहयोगका नयाँ क्षेत्र पहिल्याउनेबारे अवगत गराउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसअघि उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग सचिव कुङले शिष्टाचार भेट गर्नुभएको थियो ।

भेटबारे राससलाई सङ्क्षिप्त जानकारी दिँदै उपप्रधानमन्त्री महराले निकट भविष्यमा चीनका उच्चपदाधिकारीबाट नेपाल भ्रमण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “चीन–नेपालबीच विगतमा भएका सम्झौता कार्यान्वयन तथा सहयोगलाई निरन्तरता दिन चीन तयार रहेको जानकारी चिनियाँ विदेश सचिवले दिनुभयो ।”

भेटमा द्विपक्षीय सम्बन्ध विस्तारका साथै आपसी सहयोग र सहकार्य प्रवद्र्धन गर्नेसम्बन्धमा आफूहरूबीच छलफल भएको उहाँले बताउनुभयो ।

उपप्रधान एवम् परराष्ट्रमन्त्रीले उक्त भेटमा हालै बेइजिङमा भएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ फोरम फर इन्टरनेशनल कोअपरेसन’ मा आफूले भागलिएको स्मरण गर्दै त्यस योजनाअन्तर्गत नेपाल र चीनबीच सीमा पार आर्थिक क्षेत्र स्थापनालाई द्विपक्षीय सम्बन्ध विकासमा महत्वपूर्ण भएको बताउनुभयो । रासस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.