यस चुनावी सभाका प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य क हितमान शाक्य सुमन ले सभालाई सम्बोधन गर्दै भन्नु भयो नेकपा माओवादी पार्टी नेपाली जनताको आस्थाको केन्द्र भएकाले असार १४ गते हुने स्थानिय तह को निर्वाचनमा माओवादीका उम्मेदवारहरुलाई भोट दिएर बिजय गराउन जसभामा उपस्थित सबैलाई आग्रह गर्नु भएको थियो ।
शाक्यले चुनावी सभालाई संम्बोधन गरिरहदा जनताले ताली बजाएर सपोट गरेका थिए । चुनावी सभाका अतिथि तथा मोरग जिल्ला ईन्चार्ज क कुसल लिम्बू कानेपोखरीका जनताले माओवादीका उम्मेदवारहरुलाई बिश्वास गरेर भोट दिन आग्रह गर्नु भयो ।
उक्त चुनावी सभामा क दिपक भट्टराई, क अनु तिम्सिना,क सामना क लोचनको पनि उपस्थिति रहेको थियो । सभाको अध्यक्षता अबिनास मण्डले गर्नु भएको थियो ।
Post a Comment