विराटनगर,असार ८ गते । रातो तारा डट कम,गृहमन्त्री जनार्दन शर्माले आज विराटनगरमा प्रदेश नं–१को क्षेत्रीय सुरक्षा गोष्ठीको एक समारोहबीच उद्घाटन गर्नुभयो ।
स्थानीय तहको निर्वाचन २०७४लाई मध्यनजर गरी शान्ति सुरक्षाको वस्तुस्थितिबारे सुरक्षा निकायले अपनाएका नीतिको सम्बन्धमा सुरक्षा निकायका पदाधिकारीहरुले एक–अर्कासँग जानकारी लिने र आवश्यक रणनीति बनाउने उद्देश्यले आयोजित सो गोष्ठीमा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ,नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत र मुख्य अनुसन्धान निर्देशक दिलेन्द्रराज रेग्मी र पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको उपस्थिति रहेको छ ।
यसका साथै, प्रदेश नं–१का १४ जिल्लाका प्रजिअ, प्रहरी उपरीक्षकलगायत सुरक्षा निकायका पदाधिकारीहरुको पनि सहभागिता रहेका छन् ।
सो अवसरमा गृहमन्त्री जनार्दन शर्माले निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले भयरहित वातावरणमा मतदातालाई मतदान गराउने दायित्व सरकारको रहेको बताउनुभएको छ ।
संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनको महत्वपूर्ण भूमिका रहेको प्रसङ्ग उल्लेख गर्दै अव मुलुकमा सङ्घीय प्रशासनीक ढाँचा निर्माण गर्नुपर्ने र विभिन्न प्रकारका ऐन कानुन निर्माण र कानुनहरुको संशोधनको प्रक्रियालाई सरकारले अगाडि बढाएको जानकारी गराउनुभयो ।
निर्वाचन सम्पन्न भएपछि स्थानीयस्तरमा भ्रष्टाचारका साथै सङ्क्रमणकालको पनि अन्त्य हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “राजनीतिकको स्वस्थ्य प्रतिस्पर्धाबाट मुलुकमा राजनीतिक स्थायित्वको जग बस्नेछ ।”
स्थानीय तहको निर्वाचनपछि जनताको अधिकार स्थापित हुने, राजनीतिक समस्याको समाधान हुने र मुलुक सम्बृद्धिको बाटोमा अगाडि बढ्ने उल्लेख गर्दै उहाँले मुलुकमा राजनीतिक स्थिरता कायम हुने विश्वास प्रकट गर्नुभयो ।
दोश्रो चरणको निर्वाचनका लागि प्रायः सवै दलले निर्वाचनमा सहभागी भएको भन्दै गृहमन्त्री शर्माले राजपा र विप्लव समूहले स्वतन्त्र रुपमै केही ठाउँमै भएपनि निर्वाचनमा सहभागी भएको स्पष्ट पार्नुभयो ।
गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा भएको उक्त गोष्ठीमा गृहमन्त्रालयका शान्ति सुरुक्षा महाशाखाका प्रमुख दीपक काफ्लेले गोष्ठीको उद्देश्यबारे प्रकाश पार्नुभएको थिए।
Post a Comment