काठमाडौं, असार ११ गते । रातो तारा डट कम,दोस्रो चरणमा निर्वाचन हुन लागेका प्रदेशहरुमा आजबाट सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ । प्रदेश नम्बर १, ५ र ७ मा असार ११, १२, १३ र १४ गते स्कुल, कलेज लगायतका सबै शिक्षण संस्थाहरु बन्द गरिएको हो ।
मतदान केन्द्रहरु धेरैजसो विद्यालय र क्याम्पसहरुमा राखिएकाले चार दिनसम्म पठन पाठन बन्द गरिदिन निर्वाचन आयोगले गरेको आग्रह अनुसार सरकारले यसअघि नै यो निर्णय गरेको थियो ।
ब्मखभचतष्कmभलत
मतदानको दिन असार १४ गते भने सरकारले सार्बजनिक विदा दिने निर्णय गरेको छ । मतदानको दिन सबै सरकारी, अर्धसरकारी तथा सार्बजनिक संस्थानहरुमा सार्बजनिक विदा हुनेछ ।
दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाहरुमा असार १४ गते स्थानीय तहको चुनाव हुँदैछ । पहिलो चरणमा भने ३, ४ र ६ नम्बर प्रदेशमा गत बैशाख ३१ गते चुनाव भएको थियो । २ नम्बर प्रदेशमा भने आगामी असोज २ गते चुनाव गर्ने सरकारले निर्णय गरेको छ ।
Post a Comment