काठमाडौं, जेठ १९ गते । रातो तारा डट कम,आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
कर फछर्यौट आयोगमार्फत भएको निर्णयबारे सोधपुछ गर्न अख्तियारले महानिर्देशक शर्मालाई शुक्रबार बोलाएको थियो । त्यही क्रममा उनी पक्राउ परेको अख्तियार स्रोतले जनाएकोछा
विभिन्न फर्मलाई अर्बौं रुपैयाँ छुट दिएको पाइएपछि अख्तियारले शर्मामाथि अनुसन्धान गरिरहेको छ ।
के हो कर फछ्र्यौट प्रकरण ?
सरकारले दुई वर्षअघि लम्बुध्वज महतको संयोजकत्वमा उमेशप्रसाद ढकाल र शर्मा सदस्य रहेको कर फछ्र्यौट आयोग बनाएको थियो । यो आयोगमा १ हजार ७२६ निवेदन परेको थियो, जसमध्ये १ हजार ६९ उजुरीमाथि कारबाही गरी कर बक्यौता मिनाहा दिने निर्णय गरेको थियो ।
३० अर्ब ५२ करोड बराबरको निवेदन फछर्यौट गर्ने क्रममा आयोगले ९ अर्ब ५४ करोड तिर्न लगाएर २० अर्ब बढी बक्यौता मिनाहा गरेको थियो ।
महालेखा परीक्षकको कार्यालयले यसमा प्रश्न उठाएको थियो । उक्त बक्यौता विवादित भएर पुरनरावलोक वा मुद्दामा गएको नभई करदाताले अटेर गरेर नबुझाएको रकम भएको महालेखाले बताएको थियो ।
Post a Comment