बिराटनगर,असार ९ गते । रातो तारा डट कम,नेकपा माओवादी केन्द्रले असार १४ गते हुन लागेको स्थानीय तह को निर्वाचनलाई लक्षित गरेर मोरगमा आफनो चुनावी प्रचार प्रसारलाई तिब्र बनाएकोछ ।
हिजो मेक्लाजुङ गाउपालिकामा चुनावी ¥याली र भव्य चुनावी सभा भएकोछ । उक्त चुनावी ¥याली स्थानिय क यमबहादुर गजमेयरको नेत्रित्वमा गाउँपालिकाका बिभिन्न क्षेत्रहरुमा चुनावी नारा सहित परिक्रमा गरेर सभामा परिणभएको थियो ।
नेकपा माओवादी केन्द्र केन्द्रीय सचिवालय सदस्य तथा १ न प्रदेश संयोजक, चुनावी सभाका प्रमुख अतिथि क साबित्री काफलेले चुवावी सभाको सुरुआंत गर्दै, नेकपा माओवादीको जित निसित भएकाले यस गाउपालिकाको बिकासका लागि माओवादीले कुनै कस बाँकी नराखी जनताको भावना अनुरुप काम गर्ने भएकाले तपाईहरुले ढुक्क भएर नेकपा माओवादीका सबै उम्मेदवारहरुलाई मतदा गर्नुहोस र बिजय पनि गराउनु होस भन्ने आग्रह गर्नु भयो ।
सो चुनावी सभामा सासद तथा गीतकार जेवी टुहुरेको पनि उपस्थिती रहेको थियो । कार्याक्रमको बिचमा कलाकार चेतन सापकोटा, सुजन तिकेलाले चुनावी सभामा उपस्थित सबै जनताहरुलाई चुनावी गीतहरु गाएर भरपुर मनरन्जन गराएका थिए ।
नेकपा माओवादी केन्द्र केन्द्रीय सचिवालय सदस्य तथा मोरग जिल्ला ईन्चार्ज क कुसल लिम्बूले तपाईहरुले नेकपा माओवादीका उम्मेदवारहरुलाई अत्याधिक मत दिएर जिताउन सबै जनसभामा उपस्थित सबैलाई आग्रह गर्नु भयो ।
हजारौंको सख्यमा उपस्थित जनसभामा बोल्दै, कमरेड कुसले भने सिंहदवारको सबै अधिकार नेकपा माओवादी केन्द्रले तपाईहरुकै घर घरमा ल्याईपुगाएको छ त्यसो भएकाले असार १४ गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा सबैले माओवादीका उम्मेदवारहरुलाई भोट दिएर अत्यधिक बहुमतबाट बिजय गराउन सबैलाई आग्रह गर्नु भयो।
Post a Comment