Websoft University

माओवादी केन्द्रद्वारा पथरी बजारमा ¥याली प्रदर्शन



अर्जुन जम्नेली राङ-
मोरङ,पथरी, जेठ २० गते  । रातो तारा डट कम,नेकपा (माओवादी केन्द्र)ले शनिबार मोरङको पथरीशनिश्चरे—१ पथरी बजारमा वडा स्तरीय ¥याली तथा विभिन्न स्थानमा चुनावी सभा गरेको छ ।

¥यालीमा मेयरका उमेद्वार जहरमान लिम्बू, उपमेयर राधिका गौतम, १ नम्बरका वडा अध्यक्षको उमेद्वार कमल हाङबाङ, सदस्यहरु सन्तोष सिरेङ, भूवनसिंह लिम्बू, महिला सदस्य गोमा लुइटेल र महिला सदस्य भगवति मोतेसँगै रहेका थिए ।

कार्यक्रममा पार्टी पोलिटब्यरो सदस्य तथा मोरङ जिल्ला इन्चार्ज कुसल लिम्बू, किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय महासचिव अर्जुन किराती, वाइसीएल केन्द्रीय सदस्य बिजय डाँगि लगायतको सहभागिता रहेको थियो ।

सहभागिहरुले पथरीशनिश्चरे—जित्छौजित्छौ, उज्यालो नेपाल—जिन्दावाद, दलाल र भष्ट्रचारीहरु—होसियार, सुकुम्बासी नेता—जिन्तावाद, माओवादी कस्को—जनताको लगायतका नारा लगाउदै पथरी बजार पुरा परिक्रमा गरेका थिए ।

¥यालीमा पथरीको फुलबारी चौक, सब्जिलाइन, गैरीटोल, लाल सुन्दर बस्ति, यलम्बर चौक, सुनाखरी चौक, विष्टलाइन, मुख्य सडक उत्तर होटललाईन लगायतबाट समर्थकहरु सहभागि रहेका थिए ।

¥यालीसँगै भएको कोणसभामा मेयरका उमेद्वार जहरमान लिम्बू, उपमेयर राधिका गौतम, १ नम्बर वडा अध्यक्षका उमेद्वार कमल हाङबाङ्गले बोलेका थिए । बक्ताहरुले किर्ते गरि निकालेको धनिपुर्जा खारेज गरेर सम्पूर्ण सुकुम्बासीको नाममा पुर्जा लिन, पथरीलाई व्यापारिक केन्द्र र स्मार्ट सहरको रुपमा विकास गर्न माओवादीलाई भोट दिनुपर्ने बताए । नगरमा ७० प्रतिशत सुकुम्बासीहरु रहेका छन् । माओवादी केन्द्रले मुख्य नारा नै सुकुम्बासी समस्या समाधालाई बनाउदै आएको छ ।


माओवादी केन्द्रद्वारा पथरी बजारमा ¥याली प्रदर्शन
पथरी । नेकपा (माओवादी केन्द्र)ले शनिबार मोरङको पथरीशनिश्चरे—१ पथरी बजारमा वडा स्तरीय ¥याली तथा विभिन्न स्थानमा चुनावी सभा गरेको छ ।

¥यालीमा मेयरका उमेद्वार जहरमान लिम्बू, उपमेयर राधिका गौतम, १ नम्बरका वडा अध्यक्षको उमेद्वार कमल हाङबाङ, सदस्यहरु सन्तोष सिरेङ, भूवनसिंह लिम्बू, महिला सदस्य गोमा लुइटेल र महिला सदस्य भगवति मोतेसँगै रहेका थिए।

कार्यक्रममा पार्टी पोलिटब्यरो सदस्य तथा मोरङ जिल्ला इन्चार्ज कुसल लिम्बू, किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय महासचिव अर्जुन किराती, वाइसीएल केन्द्रीय सदस्य बिजय डाँगि लगायतको सहभागिता रहेको थियो ।

सहभागिहरुले पथरीशनिश्चरे—जित्छौजित्छौ, उज्यालो नेपाल—जिन्दावाद, दलाल र भष्ट्रचारीहरु—होसियार, सुकुम्बासी नेता—जिन्तावाद, माओवादी कस्को—जनताको लगायतका नारा लगाउदै पथरी बजार पुरा परिक्रमा गरेका थिए ।
¥यालीमा पथरीको फुलबारी चौक, सब्जिलाइन, गैरीटोल, लाल सुन्दर बस्ति, यलम्बर चौक, सुनाखरी चौक, विष्टलाइन, मुख्य सडक उत्तर होटललाईन लगायतबाट समर्थकहरु सहभागि रहेका थिए ।

¥यालीसँगै भएको कोणसभामा मेयरका उमेद्वार जहरमान लिम्बू, उपमेयर राधिका गौतम, १ नम्बर वडा अध्यक्षका उमेद्वार कमल हाङबाङ्गले बोलेका थिए । बक्ताहरुले किर्ते गरि निकालेको धनिपुर्जा खारेज गरेर सम्पूर्ण सुकुम्बासीको नाममा पुर्जा लिन, पथरीलाई व्यापारिक केन्द्र र स्मार्ट सहरको रुपमा विकास गर्न माओवादीलाई भोट दिनुपर्ने बताए ।

नगरमा ७० प्रतिशत सुकुम्बासीहरु रहेका छन् । माओवादी केन्द्रले मुख्य नारा नै सुकुम्बासी समस्या समाधालाई बनाउदै आएको छ ।








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.