युवराज ठकुरी, केराबारी/मोरङ,जेठ १८ गते । रातो तारा डट कम,मोरङ केराबारी गाउँपालिकाको वडा न -९ मा विवेकशील नेपाली दलले सरस्वती आचार्यलाई वडाअध्यक्षको उमेदवार सर्वसम्मतले घोषणा गरेको छ।
लामो समय देखि महिला शशक्तिकरण र सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएकी युवा अभियान्ता सरस्वती आचार्य करिब एक बर्ष देखि विवेकशील नेपाली दल केराबारीमा आवद्धरहनुभएको विवेकशील नेपाली दलका रविन सापकोटाले जानकारी दिनुभयो।
पारदर्शी सामाजिक गतिविधि, तथा उद्यमशील समाज निर्माणको मुख्य एजेन्डा बोकेर वडाध्यक्ष
मा उमेदवारी दिएको उहाँले बताउनुभएको छ।
पुराना राजनीतीज्ञ लाई कडा टक्कर दिदै
आफुले दिएको उमेदवारीले युवाहरूमा उर्जा
थप्ने वडाध्यक्षका उमेदवार आचार्यले बताउनुभयो ।
Post a Comment