Websoft University

सरकारमा बसेकाले चारसहिंता उल्लघन गरिरहदा निर्वाचन आयोग किन चुप : ईश्वर पोख्रेल



बिराटनगर,असार ९ गते । रातो तारा डट कम, नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले आज ११.३० बजे पत्रकार सम्मेलन गरेर सबैले चुनावमा सहभागिता जनाउदा राम्रो हुने बताउनु भएकोछ ।

पत्रकारहरुले सोधेका कुराहरुको जवाफ दिदै पोख्रेलले भन्नु भयो-अहिले नेपालको संबिधान कार्यान्वयन गर्ने चरणमा छ केहि केन्द्रिकरण भए पनि सबै स्थानिय तह को निर्वाचन पछि कानुन सम्वत हुनेछन ।

त्यसैगरी नेकपा एमाले, जोसुकैले जे कुरा गरे पनि पहिलो चरणको चुनावमा एक नम्वर भएको र अव असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा पनि एक नम्वर हुने दावी गर्नु भएकोछ ।

यस बेला सरकारमा बसेकाहरुले व्यापक चुनाव आचारसंहिताको उल्लघन गरेका छन, तर निर्वाचन आयोग कि चुप,आयोगले सरकारलाई निर्देश दिन सक्नु परो नि भन्नु भयो।
अन्त्यमा महासचिवले आफना कुरा राख्दै,सरकारमा बसेर आचार सहिता बिपरित यो गर्छु उ गर्छु भन्न मिल्छ कि मिल्दैन यो कुरा आयोगले जान्ने कुरा हो भन्नु भयो ।

अब निर्वाचन पछि कर्मचारी तीन तह का हुने छन केन्द्रीय प्रादेशिक स्थानिय हुने र आवश्यक अनुसार आ -आफनो ठाउँहरुबाटै पद पुर्ति पनि कानुन बंमोजि हुनेछन ।

 दुइ नम्वर प्रदेशको चुनाव सारिनु गलत हो र निर्वाचनमा पाटीको उदेश्य बिपरित बागिभएर उठने उम्मेदवारलाई पाटीले कार्यावाही गर्छ र उनीहरुको ५ वर्ष सम्म पाटीको साधारण सदस्य समेतबाट हटाइनेछ भन्नु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.