मोहन कुमार राई-संखुवासभा,असार ११ गते । रातो तारा डट कम,संखुवासभाको चैनपुर नगरपालिका स्थित खुल्ला टुडिखेलमा नेकपा एमालेको चुनावी आमसभा सम्पन्न भएको छ । चैनपुर नगरको विभिन्न ठाउबाट आएको ¥यालीले चैनपुर बजार परिक्रमा गरी डुडिखेलमा खुल्ला आमसभामा परिणत भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं केन्द्रीय सदस्य डा. राजन भट्टराईले स्थानीय निर्वाचनबाट विकासका सोच योजना र त्यसको उचित कार्यन्वयनले मात्र मुलुकमा समृद्ध ल्याउन सकिने, राष्ट्रिय हित विपरित संविधान संसोधन हुन लागिरहेको अवस्थामा संविधान संसोधन रोकी विखण्डन तर्फको तराई आन्दोलनलाई निश्तेज बनाउँदै लैजाने, मुलुकको नाकावन्दी खेप्दा खुल्ला व्यापार र खुल्ला व्यापारी मार्गको पहल प्रयत्न गरिरहेको स्मरण गर्नु हुँदै देशमा दिगो शान्ति र संविधान कार्यान्वयनको लागि हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा सूर्य चिन्हमा मतदान गरेर एमाले पार्टीलाई जिताउन आवहान गर्नुभएको थियो ।
चैनपुर नगरपालिका मेयरका उमेदवार भरत खत्रीले नगरको दिगो विकास,आर्थिक समृद्धि शिक्षा स्वास्थ्य, खानेपानी लगायतको विकासको लागि पहिलो प्राथमिकतामा रहेको वताउनुहुँदै नेकपा एमालेका सबै उमेदवारलाई जिताउन आवहान गर्नुभयो ।
चैनपुर नगरकमिटी अध्यक्ष गोपाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको अवसरमा विशिष्ट अतिथि केन्द्रीय सल्लाहकार परिषद सचिव राजेन्द्र गौतम, केन्द्रीय लेखा परिषद आयोग सदस्य उमेशकुमार डाँगी, एमाले जिल्ला कमिटि सचिव खड्ग राई लगायतको वक्ताहरुले कार्यक्रममा वोल्नभएको कार्यक्रम सञ्चालन चन्द्रमणिदाहालले वताउनुभयो ।
Post a Comment