Websoft University

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्बन्धी समझदारीपत्र मा हस्ताक्षर भयो



काठमाडौं, जेठ २१ गते । रातो तारा डट कम,नेपाल सरकार र चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) बीच १२ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्बन्धी समझदारीपत्र (एमअोयू) मा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा उर्जामन्त्री जनार्दन शर्मा र (सीजीजीसी) प्रतिनिधिले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्रीले नेपालका लागि बुढीगण्डकी आयोजना देशका लागि महत्वपूर्ण रहेको बताउँदै तोकएको समयभित्रै गुणस्तरीय ढंगले आयोजना निर्माण हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपालस्थित चिनीयाँ राजदूत यु होङ, उर्जा मन्त्रालयका सचिव लगायतका प्रतिनिधिहको सहभागिता थियो । यही जेठ ९ गतेको मन्त्री परिषद् बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई दिने निर्णय गरेको थियो।

यो आयोजनामा चिनियाँ कम्पनीले गरेको लगानीलाई नेपाल सरकारले ऋणका रुपमा ग्रहण गर्नेछ । बिजुली उत्पादन सुरु भएपछि त्यसलाई नै बेचेर सरकारले कम्पनीको ऋण तिर्ने मोडल यसमा लगाइँदैछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.