बिराटनगर,असार ११ गते । रातो तारा डट कम,बिराटनगर महानगरपालिका वडा नम्वर ११ का उम्मेदवार बिनोद साहले आफनो प्रतिबद्घता- पत्र सार्वजनिक गर्दै,फुलाई भोट दिन वाडा वासिहरु संग आग्रह समेत गरेका छन ।
नेकपा माओबादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका बिनोद कुमार साह र उनको टिमले आफुहरु वडामा बिजय भएमा वडाकै जनताको सहभागितामा यस वडाको परम परालाई तोडदै,व्यवस्थित नमुना वडा बनाउने आफनो टिमको लक्ष्यरहेको बताउनु भएकोछ ।
साहको प्रतिबबद्घता अनुसार वडाको समग्र बिकासमा ध्यान दिदै सडक बतीमा सोलार लगाउन प्रयास गर्ने खाने पानी बिजुली,सार्वजनिक सौचालयहरुको निमार्ण शिक्षा, बालबालिकालाई खेल्ने ठाउको व्यवस्था, स्वास्थ्य सडक र छठी पुजालाई व्यावस्थि गर्ने जस्ता कुराहरु उल्लेख गरिएकोछ।
त्यसैगरी बिपन्न वर्गमा परेका दलित पिछडा वर्ग मुस्लिम आदिवासी जनजाति र गरिव जीवन स्थर भएकाको जीवन स्थर उकास्न घरेलु सिपमुलक तालिम सन्चालन गर्ने र बुद्घु बिहारलाई आवस्यक सहयोग गरेर प्रर्यटकिय स्थलको रुपमा बिकास गर्ने समेत उल्लेख गरेका छन ।
असार १४ गते हुन गईरहेको स्थानीय तह को निर्वाचनमा आफनो हसिया हतौडा गोलाकार चिन्हमा छाप लगाएर बिजय गराएका खण्डमा खेर गइरहेका घोगा पैनीलाई व्यावस्थित गरी त्यसबाट सडक बनाउने समेत उल्लेख गरेकोछ ।
नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका बिनोद कुमार साह,सदस्यमा सिता देवी साह, दलितबाट रन्जु देवी बिश्वकर्मा, रोशन बाना, उमेश सहनी रहेकाछन । आज अन्तिम दिन भएकाले वडामा भव्य चुनावी ¥यालि समेत निकालेको बुइिाएकोछ ।
Post a Comment