Websoft University

मधेस एकता पार्टी र समाजवादी फोरमवीच एकता भयो



अर्जुन जम्नेली राई- मोरङ, जेठ १९ गते । रातो तारा डट कम,
संघीय समाजवादी फोरमको केन्द्रीय उपाध्यक्ष युवाराज कार्कीले एमाले अध्यक्ष केपी ओली पूर्व राजा ज्ञानेन्द्रसँग मिलेर गणतन्त्र सिध्याउने खेलमा लागेपछि आफ्नो संगठन निर्वाचनमा जान लागेको बताएका छन् ।

सुक्रबार मोरङको सुन्दरहरैचा १० स्थित विराटचौकमा दुई पार्टी एकता कार्यक्रममा उपाध्यक्ष कार्कीले उक्त कुरा बताएका हुन् । समाजवादी फोरम र बाबुराम कार्कीको नेतृत्वमा रहेको राष्ट्रिय मधेस एकता पार्टी नेपालवीच एकता भएको हो ।

पहिचानवादीको आन्दोलनको कारण प्रचण्ड सरकारले संविधान संशोधन गर्न लाग्दा एमाले अध्यक्ष केपी ओली र ज्ञानेन्द्र मिलेर राप्रपाको १० जना सांसद बेपत्ता बनाएको आरोप लगाए ।

ओली प्रति खरो विरोधमा उत्रिएका उपाध्यक्ष कार्कीले भने ‘ज्ञानेन्द्र एक्लै लाग्दा उनलाई जनताले झुण्ड्याउन सक्थ्यो ।’ उनले थपे ‘ओलीसमेत गणतन्त्र सक्ने खेलमा लागेपछि हामी निर्वाचनमा जान बाध्य भयौं ।’ कार्कीले प्रचण्ड सरकारको प्रसंशा गर्दै एमाले अध्यक्ष ओलीको गद्दारीको कारण संविधान संशोधन नभएको आरोप लगाए ।

पार्टी हालसम्म प्राप्त उपलब्धिको रक्षा गर्न आन्दोलनकै रुपमा निर्वाचनमा जान लागेको उपाध्यक्ष कार्कीको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय मधेस एकता पार्टी नेपालको केन्द्रीय अध्यक्ष बाबुराम कार्की लगायतले बोलेका थिए ।

उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी फोरम र राष्ट्रिय मधेस एकता पार्टी नेपालवीच एकताको घोषणा भएको हो । एकता सभामा समाजवादी फोरमका केन्द्रीय राजनीतिक समिति सदस्य भूराज राई, मधेस एकता पार्टीका महासचिव बर्सुराम बस्नेत लगायतको उपस्थिति रहेको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.