रबिन्द्र बराल-रंगेली,माेरङ असार १६ गत । रातो तारा डट कम,माेरङका दक्षिणी भेगका कृषक हरु समयमै पानी न पर्दा चिन्तित बन्न थालेका छन ।
माेरङकाे रंगेली ,अामगाछि,टकुवा,
अमरदह,गाेविन्दपुर,सिजुवा, लगायतका दक्षिणी भेगमा बसाेवास गर्ने् अधिकान्स कृषि पेशामा अार्सित कृषक हरु पानी न पर्दा दिनदिनै चिन्तामा परेका छन ।
असार पन्द्र नेपाली हरुकाे धान राेपाई गरेर मैझाराे गरेर दही चिउरा खाने परमपरा उनिहरुका लागि त्याे हर्सन बिस्मत भएको छ ।
असार महिनामा खाेलानाला खेत वारि पानी ले भरिभराउ हुने समयमा अहिले खेत बारीमा रहेको झार जङ्गल समेतको पानी नपर्दा सुक्न थालेको छ ।
माेरङकाे रंगेली नगरपालिका ७ का कृषक रमेशकुमार मन्डल ले बिगत १० बर्षदेखि कृषि पेशामा लागेका मन्डल ले भने याे असार महिनामा कृषक हरुले खेतमा धान राेपेर सक्नु पर्ने समयमा अाफुले ३ कठ्ठा मा लगाएकाे धानको बीउ भने पानी नपरे सुकेर मर्न लागेकाे उनी बताउँछन ।
उनका अनुसार अहिले अाफुले ४ बिधा खेतमा जाेतेर ठिक पारेर राखेको र पानी नपर्दा
जाेतेर राखेपनि पुन खेतमा झार जङगल अाउन थालेको उनी बताउँछन् ।
नेपाल सरकार काे लागतमा एक बर्ष अगाडि ईस्टेड बाेरिङ सुनवर्शि ५ स्थित बन्काेल काे खाेलाकै किनार नजिकै मा ३५ लाखकाे लागतमा ब्यक्तिगत जमिनमा राधालाल राजबँशीका जमिनमा एक्लाैटि रुपमा निर्माण गरेता पनि साे बाेरिङ बेकामे भएको स्थानीयले बताए ।
Post a Comment