बिराटनगर,असार ९ गते । रातो तारा डट कम, नेकपा माओवादी केन्द्रले असार १४ गते हुन लागिरहेको स्थानिय तह को निर्वाचनमा बढी भन्दा बढी मतदाताहरुलाई आकर्षण गर्न माओवादी यस बेला लागि परेकोछ ।
नेकपा माओवादी केन्द्रले ग्राम थान गाउँपालिकाको नेता चोकमा आजै एक चुनावी कोण सभाको आयोजना गरेको थियो ।
हामीलाई प्राप्त जानकारी अनुसार उक्त कोण सभामा पुर्व सुचना तथा संन्चार मन्त्री क. राम कार्कीले कार्याक्रमको प्रमुख अतिथिको रुपमा सभालाई सम्वोधन गर्नु भएको थियो ।
कार्कीले सभालाई सम्वोधन गर्दै,अहिले नेकपा माओवादी केन्द्रले जनताका लागि केन्द्रिकरण शासन व्यावस्थालाई अधिकार सम्पन्न बनाउन गाउँसम्मै ल्याईपुगाएकोले भोट माओवादीका उम्मेदवारहरुलाई दिएर बिजय गराउन उपस्थित जनतालाई आग्रह गर्नु भएको थियो ।
त्यसैगरी नेकपा माओवादी केन्द्र केन्द्रिय पोलिटव्युरो सदस्य तथा मोरग जिल्ला ईन्चार्ज क. कुसल लिम्बूले कोण सभालाई सम्वोध गर्दै,अहिले देशको परिसथिति र आम नेपाली जनताको आस्थाले नेकपा माओवादी केन्द्रको आबश्यक्ता महसुस गरेकाले, हुन गईरहेको स्थानिय तह को निर्वाचनमा माओवादीका उम्मेदवारहरुलाई भोट दिएर जिताउन आग्रह गर्नु भयो ।
ग्रामथान गाउँपालिकाका अध्यक्षका उम्मेदवार क. रमेश चौधरी र उपाध्यक्षका उम्मेदवार क रेनुका चौधरीले पनि आफना कुराहरु राख्नु भएको थियो । कार्याक्रम
क. निरबहादुर निरौलाको अध्यक्षतामा भएको थियो ।
Post a Comment